Events

विकास र सुशासनमा स्थानीय रेडियोको भुमिका

01/10/2012



   सरकारी सञ्चार माध्यम रेडियो नेपालको एकोहोरो सूचना र समाचार सुन्नु बाहेक प्रभावकारी विकल्प नपाएका नेपालीहरुलाई नेपाल वातावरण पत्रकार समूह को अथक प्रयासले २०५४ जेष्ठ ५ गते रेडियो सगरमाथा सञ्चालन गर्ने अनुमति प्राप्त गरेपछि आशाबादी बनायो । सुचनामा नागरिकको चासो वढ्न थाल्यो । समाचार, अन्र्तवार्ता र कार्यक्रममा नागरिकका आवाज पनि आउन थाले । नागरिकले यस्तै रेडियो मन पराउन थाले र  स्वतन्त्र रेडियो स्थापना गर्ने लहर चल्यो ।  सञ्चार मन्त्रालयले राखेको वेभ साइड अनुसार एफएम सञ्चालन गर्नका लागि ४ सय ७६ संस्थाले  इजाजत प्राप्त गरेका छन् भने ३ सय वढी एफ्.एम् रेडियोहरु हाल सञ्चालनमा रहेका छन् ।
   सुचना र समाचारको केन्द्रीकृत मान्यता चिर्दे स्थानीय विकास,शुसाशन र पारदर्शिताको क्षेत्रमा स्थानीय रेडियोहरुले काम गर्दे आइरहेकाछन् । सूचना ,समाचार, मनोरञ्जनका कार्यक्रमका अतिरिक्त रेडियोहरुले शिक्षा ,स्वास्थ्य , अर्थ, कृषि , मानवअधिकार ,पूर्वाधार विकास ,सुशासन, कानुन ,राजनीति ,खेलकुद, कला र संस्कृति, बन, वातावरण, विज्ञान, अपाङ्ग, पिछडावर्ग , सहकारी लगायतका विभिन्न विषयमा कार्यक्रम उत्पादन र प्रसारण गरिरहेका छन् । यस्ता कार्यक्रमहरुले नागरिकको सचेतना बृद्दि ,सामाजिक जागरण ,सुशासन र बिकासमा सहयोग पुर्याउँदै आएको छ ।  
    गरिव, बिपन्न र विभिन्न अवसरबाट वञ्चित समुदायको लागि वढी प्रभावकारी मानिएको रेडियोले विकासमा जनसहभागिता वढाएको छ । स्थानीय श्रोत साधनको पहिचान र प्रयोग वढाएको छ । सार्वजनीक सेवा प्रति नागरिकको चासो वढाएको छ । त्यसैले पनि विकास र सुसासनमा एफ्. एम् रेडियोहरुले महत्वपुर्ण  भूमिका खेलेको देखिन्छ ।
    उदाहरणका लागि म अव यहाँहरु समक्ष रेडियो लुम्विनीले विकास र सुसासनमा पारेको प्रभाव र खेलेको भूमिकाका सन्दर्भमा संक्षिप्त मा राख्ने अनुमति चाहन्छु ।
१. हमार मर्चवार ः
      विकासका दृष्टिले उपेक्षित रुपन्देहीको मर्चवार क्षेत्रमा सिंचाइ हुने दानव नदीमा रिलायन्स पेपर मिल्स र त्रिवेणी डिष्टिलरीले गरेको  प्रदुषणको विषयमा स्थानीय वासिन्दाहरुलाई जागृत गराउँदै प्रदुषण रोकी प्रभावकारी फोहोर व्यवस्थापन गर्न र सामन्त वर्गको  स्वामित्व वाट साना किसान को हातमा नहर व्यवस्थापनको जिम्मा पुर्याउनका लागि महत्वपुर्ण भुमिका ।
२.सरोकार कार्यक्रम ः
        जन प्रतिनिधि बिहिन बनेको बर्तमान अबस्थामा विभिन्न स्थानीय निकाय गाविस ,नगरपालिका तथा जीविसमा स्थानीय स्वायत्त शासन ऐन २०५५, नियमावली २०६५ र गाविस अनुदान सेवा निर्देशिका २०६७ बिपरित नागरिकको सहभागिता बिना काम भइरहेको सन्दर्भमा बिकास र सुशासन केन्द्रित कार्यक्रम सरोकार सञ्चालन गरियो । कार्यक्रममा उपभोक्ता समितिहरुलाई त्यस्ता विधि र प्रक्रियाबारे जानकारी नभएकोले प्रभावकारी काम हुन नसकेको विषय उठ्यो ।
सरोकारले पारेका केहि प्रभावहरु ः
– उपभोक्ता समितिलाई तालिम ः
      आ.व. ०६८÷०६९ मा रुपन्देही जिल्लाका १७ स्थानमा ६९ गा.वि.स र २ न.पा.का उपभोक्ता समितिहरुलाई तालिमको व्यवस्था भयो । यस चालु आ.व.मा समेत उपभोक्ता समितिलाई तालिम वापत ५ लाख वजेट छुट्याइएको छ । त्यस्तै कपिलवस्तु मा चालु आ.व.०६९–०७० देखि उपभेक्ता समितिहरुलाई तालिम दिने योजना रहेको जि.वि.स.का योजना अधिकृत  दिपेन्द्र रेग्मी वाट जानकारी प्राप्त भएको छ ।
फ्रिज हुन लागेको बजेटको सदुपयोग ः
     रुपन्देहीको एकला गाबिसमा महिलाको नामको २५ हजार रुपैंयाको बजेट कार्यक्रम बिना फ्रिज हुन लागेको बिषय उठेपछि महिला सशक्तिकरण समुहलाई गाबिस द्धारा चेक हस्तान्तरण ।
बजेट सम्बन्धित शिर्षकमै खर्च हुन थाल्यो ः
    दलित, अपाङ्ग, बालबालिका लगाएत लक्षित बर्गको बजेट अन्य शिर्षकमा खर्च गरिने गरेको गुनासो कार्यक्रममा उठेपछि सम्बन्धित शिर्षकमै खर्च गर्ने परिपाटी सुरु । केहि गाबिसमा लक्षित समुह समेत गठन भएको ।
बजेट बिनियोजनमा नागरिक सहभागिता बढ्यो ः
बजेट बिनियोजन प्रकृयामा केहि दलका नेतालाई मात्र सहभागि गराईएको गुनासो आएपछि अधिकांश गाबिसहरुले नागरिक समुदायका प्रतिनिधिहरुलाई पनि समाबेश गर्न थालेको ।
पुल तथा सडक निर्माण ः
कपिलबस्तुको गजेडा १ ईट्टाभट्टामा रहेको पुल जिर्ण बनेका कारण ७ महिनाका लागि बैकल्पिक सडक बाट यातायात सुचारु र गाबिस, जिविस र स्थानीयको श्रमदानबाट गरि ७ लाख ५० हजारको लागतमा पुल निर्माण ।


३. सार्वजानिक सुनुवाई ः
हामीले रुपन्देहीको प्राय सवै गाविस ,कपिलबस्तु ,नवलपरासी र पाल्पाका  केही गाविसमा सार्वजनिक सुनुनाई कार्यक्रम सम्पन्न गरेका छौं । २०६४ देखि सुरुगरिएको यो कार्यक्रम हाल सम्म पनि जारी छ । सार्वजनिक सुनुवाई कार्यक्रमले पारेका केही प्रभावहरु
    अर्घाखाँची ठाडाको दलितबस्तीमा खानेपानी नदिइएकोमा कार्यक्रम पछि  धारामा पानी आउन थाल्यो,
    गंगोलिया गाविसमा  सुरक्षा वेभ क्याम्प राखिएको ,
    आनन्दबन ७ नं वडामा २ वर्ष सम्म खेतमा रहेका विजुली पोल खम्वा सडकमा सारिएको ,
    विभिन्न गा.वि.स. हरुमा नागरिक वडा पत्र राख्न र सोही अनुसार काम गर्न थालिएको ,
    मायाँ देवि प्रावि लुम्विनीमा विद्यालय हाता भित्रै विद्यार्थीहरुलाई खाने पानी सुविधा भएको, ,
    स्थानीय नागरिकहरुले आफ्नो विकासका लागि प्राप्त हुने वजेट जानकारी पाउन थालेको,
    ठूलो पानी परेर बाढी आउँदा राम्रो निद्रामा सुत्न नपाउने जनता सुत्न थाले –गंगोलियाको कानपारा ) शान्पित्र स्मारिका ०६७
    दलित बस्तीमा वजेट ः एकल गा.वि.स.वा.नं. ८ मा  आत्मनिर्भरताको लागि,
    लुम्विनी विकास कोष भित्रका काठहरु स्थानिय विद्यालयहरुलाई वितरण, शान्तिपत्र स्मारिका ०६७ पृष्ठ
    अर्को गाविसबाट कार्य सञ्चालन गर्दे आएको  गंगोलिया गाविसको
   साना किसान कृषि सहकारी संस्थाले आफ्नै गाँउबाट कार्य सञ्चालन गर्न थालेको ,
    
    बन फडानी गर्ने लाई कार्वाही कपिलबस्तु, शान्तिपत्र स्मारिका ६७
    मक्रहर, सालझण्डी लगायतका गाविसको  बजेट सार्वजनिक ,
    झाडा पखाला नियन्त्रणका लागि प्रयास नवलपरासी माकर गाविस ,

४.नागरिक संवाद ः
  हामीले पछिल्लो पटक सुशासन र विकास केन्द्रित नागरिक संवाद कार्यक्रम सञ्चालन गर्दे आएका छौं । आ.व.०६८–०६९ मा रुपन्देहीका ४५ गा.वि.स.मा नागरिक सम्वाद कार्यक्रम सम्पन्न भएकाछन् ।
 कार्यक्रममा उठेका मुख्य मुख्य मुद्दाहरु
    राजनितिक आधारमा वजेट वाडँ फाँड हुने ,
    स्थानिय स्वायत्त शासन ऐन र वजेट विनियोजन प्रक्रियाबारे नागरिकलाई जानकारी नभएको , सरोकारवालाहरुलाई जानकारी नभएको ।
    आफ्नै गा.वि.स.मा परेको योजना वारे जनताहरु अनविज्ञ ,
    वुद्ध मावली देवदहको संरक्षण हुन नसकेको गुनासो ,
    दलहरुको आन्तरिक कलहले गर्दा विकासका काम  प्रभावित ,
    जि.वि.स.ले नदी जन्य स्रोत वाट प्राप्त हुने रकम गा.वि.स. लाई नदिएको गुनासो ,
    स्वास्थ्य सम्वन्धि समस्या ६ गा.वि.स.का महिलाहरुलाई २४ सै घण्टा सुत्केरी सेवा दिने स्वास्थ्य चौकिमा १ रिक्सा वाट सुत्केरी महिला लाई यातायात सुविधा – एम्वुलेन्स को मात्र ( मर्चवार फरेना गा.वि.स .)
    मर्चवार र लुम्विनी उत्तर पश्चिमका गा.वि.स. सचिवहरु कार्यालय मा नवस्ने गुनासो ,
         पछिल्लो पटक नागरिक सम्बादले पारेका प्रभाव ः

गाविसको बजेट तथा कार्यक्रम सार्वजनिक ः
नागरिक संवाद सञ्चालन भएपछि गाविसले आफैपनि गाविसको बजेट र कार्यक्रम कार्यालय बाहिर टाँसगर्ने र स्थानीय सञ्चार माध्ययमहरुबाट सार्वजनिक गर्न थालेका छन् ।

 – गाबिस सचिबले गाबिसमै बसेर काम गर्न थाले ः           
 (रुपन्देहीको सिक्टहन गाबिसमा २०६८÷११÷२६ गते नागरिक सम्बादमा गाविस सचिव कार्यालयमा नबस्ने समस्या उठेपछि   १ हप्ता भित्र गाबिस सचिब हरि प्रसाद काफ्लेले गाबिसमै बसेर काम गर्न थाले । – स्थानीय सम्बादाता धनेश्वर कँवर द्धारा जानकारी )

–  खानेपानीको पाईप बिस्तार ः
(    मोतिपुर गाविसमा २०६९÷०१÷२६ गते गरिएको नागरिक सम्बादमा स्थानीय नागरिक गंगाराम ढकालले खानेपानी पाईप बिस्तारका लागि ५० हजार रुपैंया र्निब्याजे ऋण दिने उद्घोष गरेपछि मोतीपुर ७ मा रकमका कारण रोकिएको खानेपानी पाईप बिस्तारको काम शुरु । स्थानीय बासी द्धारा जानकारी )
–  सडक मर्मत ः
(रुपन्देहीको करहिया गाबिसमा २०६८÷१२÷२२ गतेको संबादमा  मणिग्राम देवदह सडक जीर्ण बनेको गुनासो पछि गाबिसको पहलमा जिर्ण सडक मर्मत गर्ने काम सम्पन्न, गाबिस सचिब चुरामणि पाण्डे द्धारा जानकारी ।)
– गाविसमा  थप झुल बितरण ः
       रुपन्देहीको सालझण्डी गाबिसमा २०६९÷०३÷१४ गते सम्पन्न नागरिक सम्बादमा केही वडामा निशुल्क झुल बितरण कार्य नगरिएको भन्दै बिरोध आएपछि गाबिसले थप झुलका लागि पहल गरि एक साता भित्र झुल बितरण गरिएको , गाबिस सचिब अग्नि प्रसाद सापकोटा द्धारा जानकरी )

परिषदमा महिला प्रतिनिधि राखीयो ः
       गंगोलीयामा सम्पन्न संबादमा महिला सहभागिले गाउँ परिषदमा आफुहरुलाई सहभागि नगराएको गुनासो गरेपछि यस बर्ष परिषदमा महिला सहभागिता गराएको ।

स्थानीय कर हट्यो,
रुपन्देहीको सेमलारमा संचालित संबादमा स्थानीय उत्पादनहरुको समेत कर लिन लागेको भन्दै गुनासो आएपछि तरकारी फलफुल लगाएतमा लगाईएको स्थानीय कर हटाईएको ।

लगानि बढ्यो ः
     कृषि उपज केन्द्र निर्माणका लागि मोतिपुर गाबिसमा जिल्ला कृषि बिकाश कार्यलय बाट बजेट ब्यवस्था र सेमलारमा निर्माणाधिन खानेपानी योजनाका लागि सहुलियतमा जग्गा प्राप्त ( स्थानीय मुल्याङ्कनमा १० लाख पर्ने जग्गा ५ लाखमा प्राप्त र स्थानीय ३ चन्दादाता बाट ३ लाख २५ हजार रुपैंया मुल्य बराबरको जग्गा निशुल्क प्रदान ) देवदहको पहाडि क्षेत्र मुढाबासमा बिद्युतिकरणका लागि गाबिसको पहलमा २५ लाख रुपैंयाको केन्द्रिय बजेट प्राप्त । जिबिसका कार्यक्रम अधिकृत उपेन्द्रराज ज्ञवाली द्धारा जानकारी ।

कर्मचारी पुरै समय कार्यलयमा बस्न थाले ः
   सालझण्डीमा सम्पन्न कार्यक्रममा उप स्वास्थ्य चौकीका कर्मचारी दिउसो २ बजे सम्म बस्ने गरेको भन्दै गुनासो आएपछि हाल कर्मचारीहरु पुरा समय कार्यलयमा बस्न थालेको ।

हाटबजारमा थुप्रिएको फोहर उठ्यो ः
    रुपन्देहीको मधवलीया गाबिसमा सम्पन्न कार्यक्रममा हाट बजारको फोहरले नजिकैको पशुपति उच्च माबि र स्थानीय बस्ती क्षेत्रमा दुर्गन्ध फैलिएको गुनासो आएपछि हाल नियमित रुपमा सरसफाई र फोहोर ब्यवस्थापनको काम भईरहको ।

धन्यबाद,