Events

दाँतको स्वच्छता र मुटु

20/11/2011

दाँतको स्केलिङ (सफाइ) व्यावसायिक हुन्छ भने हृदयाघात र पक्षाघातको जोखिम स्वाट्टै घट्छ । अमेरिकन हार्ट एसोसिएसनको वैज्ञानिक सत्रमा प्रस्तुत गरिएको यो प्रतिवेदन एक लाख व्यक्तिमा गरिएको अध्ययनमा आधारित छ । त्यसअनुसार, जो व्यक्ति डेन्टिस्ट वा डेन्टल हाइजिनिस्टबाट नियमित रूपमा दाँतको स्केलिङ गराउँछन्, उनीहरूमा हृदयाघातको खतरा २४ प्रतिशतसम्म कम हुन्छ ।

दाँतको सफाइबारे चेतनशील १३ प्रतिशत व्यक्तिमा स्ट्रोकको खतरासमेत धेरै कम हुन्छ जबकि दाँतको सफाइलाई सामान्य रूपमा लिने व्यक्तिमा हृदयाघात र पक्षाघातको खतरा दाँत स्वच्छ राख्ने व्यक्तिको दाँजोमा बढी हुन्छ ।

यो अध्ययनमा सामेल व्यक्तिहरूको मुख स्वास्थ्यबारे सात वर्षसम्म निरन्तर  विश्लेषण गरेपछि अनुसन्धानकर्ताहरू माथिको नतिजामा पुगेका हुन् । वैज्ञानिकहरूको अनुसार, दुई वर्षमा न्यूनतम एक, नत्र दुईर्पटक दाँत सफा गराउनुपर्छ ।

ताइवानको राजधानीस्थित वेट्रनर्स जनरल अस्पतालका कार्डियोलजिस्ट एमली चेन भन्छन्, 'दाँत सफा नभए मुटु रोगका लागि जिम्मेवार सूक्ष्म जीवको वृद्घ िबढी हुन्छ । तर नियमित रूपमा दाँतको स्केलिङ गरिए यस्ता सूक्ष्म जीव उत्पन्न हुन पाउँदैनन् ।

लसुन मुटुलाई वरदान

इमोरी विश्वविद्यालयको स्कुल अफ मेडिसिनका अनुसन्धानकर्ताका अनुसार लसुनको तेल मुटु रोगीका लागि धेरै लाभदायक हुन्छ ।

मुख्यतः हृदयाघातपछि रोगीलाई स्वस्थ राख्नमा लसुनको तेल धेरै प्रभावकारी देखिएको हो । लसुनको तेलमा डायलिल ट्राई सल्फाइड नाम गरेको पदार्थ हुन्छ, जसले कार्डियाक सर्जरीका बेला मुटुलाई सुदृढ राखिरहन मद्दत पुर्‍याउँछ ।अनुसन्धानअनुसार डायलिल ट्राई सल्फाइडलाई हाइड्रोजन सल्फाइडको विकल्पका रूपमा उपयोग गर्न सकिन्छ ।