Recent News
- असन्तुष्ट दलहरु दवाव मुलक कार्यक्रम तय गर्दै ।।
- राष्ट्रपति यादवको उपचारका सुरु ।।
- नारायणीमा बाढी आएपछि गण्डक क्षेत्रमा त्रास ।।
- भारी बर्षाका कारण चितवन र नवलपरासीको जनजीवन पनि प्रभावित ।।
- डोटीमा खोलाले बगाउदा एक जना बेपत्ता ।।
- पहिरोले बगाउँदा २ जनाको मृत्यु ।।
- वैतडीमा पाँच वेपत्ता ।।
- लगातारको बर्षाले जनजीवन प्रभावित ।।
- नारायणीनदीको कटानले गण्डक क्षेत्रका बासिन्दा त्रसित ।।
- किसानहरु खेती गर्न भारतीय मल र बीउमा निर्भर ।।
बाँकि समाचारहरु
Today's Program
Opinion Poll
Loading...
Join Us on Facebook
News
एमाले स्थायी कमिटीको बैठक आज बस्दै ।।
केन्द्रीय कमिटीबाट प्राप्त सुझावहरुको बारेमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बल्खुमा विहान ९ बजेपछि सुरु हुने बैठकमा हिजोको केन्द्रीय कमिटीको बैठकबाट प्राप्त सल्लाह, सुझावको बारेमा कुराकानी हुने र आवश्यक निर्णय गर्ने एमाले नेता प्रदीप ज्ञवालीले सीआईएनसँग बताउनुभयो । नेता ज्ञवालीका अनुसार असार ४ र ५ मा बोलाइएको पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीको बारेमा पनि बैठकमा छलफल हुनेछ । हिजोको केन्द्रीय कमिटीको बैठकले पार्टीका असन्तुष्ट जनजाति तथा मधेसी नेताहरुसँग छलफल गरी विवाद हल गर्न स्थायी कमिटीलाई जिम्मा दिएको थियो । केन्द्रीय कमिटीको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले असन्तुष्टहरुलाई बैठकमा ल्याउन तथा उनीहरुको सवाललाई सम्बोधन गर्न नेतृत्वले विशेष पहल गर्नुपर्नेमा जोड दिएका थिए । एमालेमा सङ्घीयतासम्बन्धी विवादका कारण उपाध्यक्ष अशोक राईलगायतका नेताहरुले पार्टीको बैठक बहिष्कार गर्दै आउनुभएको छ । एमालेले आगामी असार ४ र ५ गतेका लागि बोलाएको पार्टीको राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीको विवादको बारेमा कार्यकर्ताबाट सुझाव लिने तयारी गरेको छ ।
Comments
Other Top Stories
- असन्तुष्ट दलहरु दवाव मुलक कार्यक्रम तय गर्दै ।।
- राष्ट्रपति यादवको उपचारका सुरु ।।
- नारायणीमा बाढी आएपछि गण्डक क्षेत्रमा त्रास ।।
- भारी बर्षाका कारण चितवन र नवलपरासीको जनजीवन पनि प्रभावित ।।
- डोटीमा खोलाले बगाउदा एक जना बेपत्ता ।।
- पहिरोले बगाउँदा २ जनाको मृत्यु ।।
- वैतडीमा पाँच वेपत्ता ।।
- लगातारको बर्षाले जनजीवन प्रभावित ।।
- नारायणीनदीको कटानले गण्डक क्षेत्रका बासिन्दा त्रसित ।।
- किसानहरु खेती गर्न भारतीय मल र बीउमा निर्भर ।।
- Show more News


