Today's Program

 

Opinion Poll

 

Loading...

Join Us on Facebook

 

News

सरकारी उच्च प्रहरीअधिकृतहरुको सरुवा ।।

सरकारी उच्च प्रहरीअधिकृतहरुको सरुवा ।।

सरकारले केही उच्च प्रहरी अधिकृतहरुको सरुवा गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीका ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक र १९ जना प्रहरी नायव महानिरीक्षकको सरुवा गरेको महिला बालबालिका तथा समाज कल्याण मन्त्री बद्री न्यौपानेले जानकारी दिनुभयो । यसैगरी बैठकले प्रधानमन्त्रीले आजदेखि शुरु गर्नुभएको ब्राजिल भ्रमणको कार्यक्रम समेत स्वीकृत गरेको छ । प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री विजयकुमार गच्छेदारलाई दिने निर्णय पनि गरेको छ । यस्तै नेपाल टेलिभिजनका कायममुकायम महाप्रवन्धक दीपकमणि धिताललाई पदबाट मुक्त गरी पुरानै जिम्मेवारीमा फर्काइएको समेत उहाँले जानकारी दिनुभयो ।

यसैबीच प्रधानमन्त्री डा बाबुराम भट्टराई आजै ब्राजिल प्रस्थान गर्नुभएको छ । विपक्षीहरुको विरोधका बाबजुद ब्राजिल प्रस्थान गर्नुभएको प्रधानमन्त्रीलाई विमानस्थलमा विपक्षी दलका कार्यकर्ताहरुले विरोध गरेका थिए । उहाँ कडा सुरक्षाका बीच प्रधानमन्त्री विमानस्थल छिर्नुभएको थियो ।
 

Comments

Other Top Stories