Main news

अवैध घरेलु कामदारमध्ये ६० प्रतिशत नेपालकै विमानस्थलबाट

09/08/2017

खाडीमुलुकमा अवैध ढंगले पु¥याइका घरेलु कामदारमध्ये ६० प्रतिशत नेपालकै विमानस्थल र बाँकी भारत, श्रीलंका, चीन र अन्य अफ्रिकी मुलुक हुँदै खाडी मुलुक पुग्ने गरेको पाइएको छ । व्यवस्थापिका–संसद्, अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा गठित उपसमितिले खाडीमुलुकको स्थलगत अनुगमन निरीक्षणपछि तयार पारेको प्...

प्रचण्ड र भट्टराईबीच समसामयिक विषयमा छलफल

09/08/2017

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईका बीच वर्तमान राजनीतिक परिवेशबारे आज छलफल भएको छ । मध्यपुरथिमि, गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा प्रोष्टे«ट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरी उपचारार्थ भर्ना हुनुभएका डा भट्टर...

राप्रपाद्वारा १७ जना केन्द्रीय सदस्य तथा सांसदहरुलाई कारवाही

07/08/2017

राष्ट्रिय प्रजातन्त्र पार्टीले १७ जना केन्द्रीय सदस्य तथा सांसदहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निश्कासन गरेको छ ।  आज बसेको राप्रपा बैठकले अनुशासनहिन काम गरेको ठहर गर्दै उनिहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निश्कासन गरेको सहमहामन्त्री राजाराम बर्तोलाले जानकारी दिनुभयो ।  निश्का...

अफगानिस्तानमा चरमपन्थी आक्रमणमा कम्तीमा ५० जना सर्वसाधारणको मृत्यु

07/08/2017

अफगानिस्तानको सारीपुल प्रान्तमा भएको चरमपन्थी आक्रमणमा कम्तीमा ५० जना सर्वसाधारणको मृत्यु भएको छ । मारिनेमा महिला र बालबालिकासमेत छन् ।सारीपुल प्रान्तको मिर्जावालाङ्ग क्षेत्रस्थित एक सुरक्षा चौकीलाई चरमपन्थीहरुले निशाना बनाएका थिए । यो चौकीको नेतृत्व स्थानीय पुलिस नै लिएका थिए ।सुरक्षा चौकीमा आक्रमण गरेपछि चर...

आज राती चन्द्रग्रहण लाग्ने

07/08/2017

श्रावण शुक्ल पूर्णिमाका दिन साउन २३ गते सोमबार राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । भरे राति ११ बजेर सात मिनेटदेखि ग्रहण लाग्न शुरु भएर रातको एक बजेर ४ मिनेटमा सकिने पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । एक घण्टा ५७ मिनेट लाग्ने ग्रहण नेपालबा...

मिथिलाञ्चलसहित तराइका जिल्लाहरुमा रक्षा बन्धन आज, २० जिल्लामा सार्वजनिक बिदा

07/08/2017

जनकपुरधाम  भाई बहिनीको प्रेमको प्रतिक मानिने पर्व रक्षा बन्धन पर्व आज मिथिलाञ्चलसहित तराईका २० जिल्लामा मनाईदैछ । प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन रक्षा बन्धन पर्व मनाइने गरिन्छ । रक्षा बन्धनका दिन बहिनीले आफ्नो भाईको हातमा राखी बाँध्ने गर्छन् भने भाईले आफ्नो बहिनीलाई उपहार दिने गर्छन् । यसवर्ष च...

रसुवामा पहिरोमा परी एकै परिवारका चार जना हराए

07/08/2017

नुवाकोट । अविरल वर्षासगै बगेको पहिरोमा परी रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेशीमा एकै घरका चार जना हराइरहेका छन् । घाइते अबस्थामा चार जनालाई उद्धार गरिएको छ ।गएराती नौ बजे बस्तीमाथीबाट आएको पहिरोमा परी ७२ वर्षका धर्मबहादुर थापामगर, उहाँको बुहारी २८ वर्षका मुना थापामगर, ३ वर्षका नाती रबिन थापामगर...

देउवा नेतृत्वको सरकारमा मन्त्रीपरिषद विस्तार

27/07/2017

श्रावण ११, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेससहित चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आज कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री बनेका हुन् । यससँगै देउवा सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको छ । सरकारको प्रवक्ता समेत हुने...

देश कार्यकारी प्रणालीमा जानुपर्ने प्रचण्डको भनाइ

24/07/2017

९ साउन–  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश कार्यकारी राष्ट्रपति प्रणालीमा जानुको विकल्प नभएको बताउनुभएको छ । आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले देश गुण्डा र तस्करहरुको हातमा पुग्ने खतरा देखिएको भन्दै कार्यकारी राष...

आफ्नै कारण चुनाब हार्न परेको माओवादी केन्द्रको ठहर

24/07/2017

९ साउन–  माओवादी केन्द्रले स्थानीय तहको चुनाबमा अपेक्षाकृत नजिता नआउनुमा पार्टी विभाजन, वैचारिक र राजनैतिक कार्यदिशाको अस्पष्टता, संगठनात्मक अराजकता, कमजोर जनसम्बन्ध लगायत कारण रहेको निष्कर्ष निकालेको छ । साउन २ देखि ७ सम्म चलेको केन्द्रीय सचिवालयको विस्तारित वैठकबाट माओवादीले चुनाव हारको कारण खोजे...

निर्वाचन क्षेत्र निर्धारण आयोगलाई काम गर्ने वातावरण नबनाईदिएको एमालेको आरोप

24/07/2017

९ साउन–  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले नर्वाचन क्षेत्र निर्धारण आयोगलाई काम गर्ने वातावरण मिलाउन नसकेको आरोप लगाएको छ । आजको व्यवस्थापिका संसदको बैठकमा एमाले सांसंद राजेन्द्र पाण्डेले सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको ४ दिन वितिसक्दा पनि पदाधिकारीलाई सपथ गराउन र कार्यालय...

काँग्रेस केन्द्रीय समितिमा नेतृत्वको आलोचना ।

24/07/2017

८ साउन काँग्रेसको केन्द्रीय समिति बैठकमा पार्टी नेतृत्वको आलोचना भएको छ । दुई दिनदेखि जारी काँग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांस नेताहरुले नेतृत्वप्रति प्रश्न उठाएका हुन् ।  स्थानीय तहको चुनावमा पार्टी कमजोर भएको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने केन्द्रीय सदस्यको भनाई छ ।  हिजो शुर...

युवती कुट्ने ५ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा, इन्सपेक्टर पनि कारवाहीमा

21/07/2017

६ साउन, भैरहवा । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा भएको महिला हिंसाको घटनामा संलग्न पाँच जना विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ । साथै स्थानीय प्रहरी इन्सपेक्टरलाई विभागीय कारबाही पनि भएको छ । कथित तल्लो जातको युवकसँग प्रेम सम्वन्ध राखेको भन्दै युवतीमाथि निर्घात कुटपिट गरेको भिडियो समाच...

राजश्वका निलम्बित महानिर्देशक शर्माविरुद्धको मुद्दामा सुनुवाइ आज

19/07/2017

सर्वोच्च अदालतमा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको रिटमाथि आज पनि सुनुवाइ हुनेछ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइ आजका लागि राखेको हो । न्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले शर्माको बन...

फोटोसहितको मतदाता नामावलीमा नाम ६६९ स्थानीय तहमा, म्याद साउन ३२ गतेसम्म

19/07/2017

४ साउन, आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता कार्यक्रम साउन १६ देखि ३२ गतेसम्म  स्थानीय तहमा सञ्चालन हुने भएको छ । आयोगको हिजोको बैठकले यही साउन १६ देखि ३२ गतेसम्म मुलुकका ६६९ स्थानीय तह तथा ७५ वटै जिल्ला सदरमुकामस्थित जिल्ला निर्वाचन कार्यालय र क्षेत्रीय न...