Main news

निर्वाचन आयोगको आयुक्तका लागि तीन जनाको नाम सिफारिस

06/02/2017

संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको रिक्त आयुक्त पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । आज बसेको संवैधानिक परिषद् बैठकले नरेन्द्र दाहाल,  ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाहलाई सिफारिस गरेको हो । दाहाल र पौडेल पूर्वसचिव तथा शाह पूर्वसहसचिव हुनुहुन्छ । संसदीय सुनुवाईको प्रक्रिया पूरा भएपछि तीनै जनालाई नियुक्त गर्न बाटो खुल्नेछ । संवैधानिक प्रावधानअनुसार आयोगमा प्रमुख आयुक्तसहित पाँच जना आयुक्त रहने भए पनि अहिले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्मा मात्र हुनुहुन्छ ।