Main news

संविधान संसोधनमा सघाउन एमालेलाई काँग्रेसको आग्रह

10/05/2017

नेपाली काँग्रेसले मधेस केन्द्रीत दललाई सहमतिमा ल्याई चुनाव गराउनमा सघाउन एमालेलाई आग्रह गरेको छ । आज एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास वालकोट पुगेर काँग्रेस सभापति शेरबहादुर देउवाले यसका लागि सघाउन आग्रह गर्नुभएको हो । जवाफमा एमाले अध्यक्ष ओलीले दोस्रो चरणको निर्वाचन बजेट अघि गर्नुपर्नेमा जोड दिँदै सहमतिका लागि छलफललाई निरन्तरता दिने बताउनुभएको थियो । अन्य दलसँग छलफल गरेर गतिरोधको निकास निकाल्ने बारेमा सकारात्मक छलफल भएको ओलीको निजी अनिश दाहालले जानकारी दिनुभयो ।