Main news

आफ्नो कार्यकर्तामाथिको आक्रमण रोक्न प्रहरीले नसघाएको एमालेको आरोप

10/05/2017

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनको प्रचारका क्रममा विभिन्न जिल्लामा आफ्ना कार्यकर्तामाथि आक्रमण हुँदा प्रहरीले सुरक्षा दिन नसकेको आरोप लगाउनुभएको छ ।  स्थानीय तहको निर्वाचनका लागि पार्टीले तयार गरेको विभिन्न श्रव्यदृष्य सामग्रीको लोकार्पण गर्दै अध्यक्ष ओलीले कानुनी राज्य पालना गर्न सरकार गम्भीर नहुनुले यस्ता कामले स्वच्छ र धाँधलीरहित निर्वाचन हुनेमा आशङ्का पैदा भएको बताउनुभयो ।  निर्वाचन आयोगलाई निरीह नभई कानुनसम्मत रुपमा प्रस्तुत हुन पनि अध्यक्ष ओलीले आग्रह गर्नुभयो ।  आज काठमाण्डौमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभयो ।