Main news

प्रचण्ड र भट्टराईबीच समसामयिक विषयमा छलफल

09/08/2017

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईका बीच वर्तमान राजनीतिक परिवेशबारे आज छलफल भएको छ । मध्यपुरथिमि, गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा प्रोष्टे«ट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरी उपचारार्थ भर्ना हुनुभएका डा भट्टराईको स्वास्थ्य अवस्था बुझ्न आज अपराह्न अस्पताल पुग्नुभएका नेता प्रचण्डले छिट्टै एउटा नयाँ छलफलको प्रक्रिया प्रारम्भ हुन्छ भन्ने आफूलाई विश्वास लागेको बताउनुभयो । डा भट्टराईको  उपचारको क्रम चलिरहेको र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकको भनाइ रहेको उल्लेख गर्दै प्रचण्डले भट्टराई छिट्टै घर फर्किने विश्वास व्यक्त गर्नुभयो ।