रुपन्देही-तिलोत्तमा २०७७ असोज २६
तिन बहिनी दाइ भाइ नभएका हामी , तर कहिले महसुस भएन दाजु भाइको अभाब खै किन हो त्यो त म पनि जान्दिन । भन्न त गाँउघरमा छोरा चाहिन्छ बंश धान्नका लागि भन्थे , मत सानै थिए तर पनि ठुलै छु जस्तो लाग्थ्यो अहिले पनि सम्झन्छु लच्छी तिम्ले मम्मीलाइ भाइ पाउन भनके भाइ त चाहियो नी,तर म त्यो कुरालाइ वास्ता गर्दिन थिए। मैले कहिले पनि आमालाइ मलाई भाइ चाहियो भनेको सम्झीन्न ।घरमा हजुरआमा आमा बुवा मेरा दुइ दिदी अनि म, म घरकी कान्छी छोरी अनि मामाघरमा पनि कान्छी भान्जी भएर होकी म अलिक जिद्धी स्वभाबकी थिए मलाइ आफुले भनेको कुरा जसरी भएपनि चाहिन्थ्यो।
चाहाना त जसोतसो पुरा आमाले गरिदिनुहुथ्यो । घरमा कहिलेकाही हजुरआमाले एउटा भाइ की दाइ भए कस्तो हुथ्यो यी तिनओटा नातिनीमा एउटा नाति भए कस्तो हुथ्यो होला भन्दै घरिघरि रोएको सम्झन्छु,हजुरआमाको बुवा एक्लो छोरा भएको र गाउलेले कुरा गर्दा यस्तो कुरा गर्नु स्वभााबिक नै थियो जस्तो लाग्छ अहिले मलाइ सानै भएर होकी त्यो बेलामा मलाइ खासै वास्तै हुन्थेन किन त्यसो भनेको होला हामी मात्र भएर किन हुन्नर? भन्ने कुरा मनमनै सोच्ने गर्थे । छोराकै आसका धेरै छोरी पाएको मेरै आखा अगाडि देखिरहन्थे मन अमिलो हुथ्यो । हजुरआमाले नातिको कुरा कहिलेकाहि गरे पनि मेरा आमा र बुवाले कहिले पनि छोरा जन्मेनन भनेर गुनासो गरेको सुनीन कसैले तिन ओटा छोरी भएछन अब छोरा पाउनी होलानी भन्दा बुवाले मेरा छोरा भनेनी छोरी भनेनी यिनै हुन भन्दा मनमनै निकै खुसी लाग्थ्यो ।म घरकी तेस्रो छोरी भइ जन्म लिए ,घरमा खुशी हुने त कुरै थिएन जन्मदा घरमा नै सामान्य नै जन्म भाको हो रे मेरो, गुल्मी जिल्लाको पहिलेको अश्लेवा वडा नं २ हालको सत्यवती गाउपाािलका वडा नं १ मा मेरो जन्म भएको थियो् ।
जन्मेको १५ दिनको दिनमा पेट दुखेर साह्रै रोएकी थिए रे म,आखा पनि नहेरी । हाम्रो गाउ भन्दा लगभग २ घण्टा तल देउपाटन भन्ने ठाउमा एउटा नाम चलेको मेडिकल थियो सोही मेडिकलमा मलाइ लिएर आमा जानुभएछ चेकजाच गरी औषधी लिएर अश्लेवा चौर ठुली आमाको घरमा आएर मलाइ औषधी खुवाउनु भएछ । औषधी खुवाएको केही समयपछि म रुन छोडेर बल्ल आखाले हेरेछु मेलै हेर्न त हेरे तर मैले हेर्दा मेरो दाहिने आखामा हल्का निलो दाग देखिएछ आमालाइ त्यो देख्दा कस्तो भयो होला तपाइ आफैले महसुस गर्नुहोला । छोरीको एउटा समस्या ठिक भयो भन्दा फेरी अर्काे समस्या । त्यसपछि आमाले बोकेर मेरो अर्केा समस्या बोकेर मन अमिलो बनाउदै, घर फर्कनुभयो यो २०५५ सालको कुरा हो ।घरमा आएर पनि मेरी आमा त्यसै शान्त भएर बस्नु भएन ,त्यो बेला अस्पताल लाने भन्दा पनि झारफुक गर्ने चलन थियो मलाइ पनि हेराउने विभिन्न ठाउमा पुर्याइयो । हेराउने ठाउमा नागको हिड्ने बाटो परेर हो भने पछी हाम्रो घर नजिकै नागको थान पनि थियो। यसो गर्दागर्दै म जन्मेको २२ औ दिन आमा मलाई लिएर मामा घर पुग्नुभयो । मलाइ जन्मेको २५ औ दिनमा गुल्मी जिल्लाको सदरमुकामको तम्घासमा रहेको आखा अस्पतालमा लानुभएछ त्यहा पनि मेरो आखाको उपचार हुन सकेनछ त्यहाबाट भैरहवा रणअम्बिका आखा अस्पतालमा पठाइएछ त्यहाबाट पनि मन अमिलो पार्दै मेरी आमा अनि ठुली माइजु मामाघरमा नै फर्कनुभएछ ।मलाइ भैरहवा लगेर उति बेलामा नै उपचार गरिदिन मेरी आमाको चाहान त धेरै थियो घरमा साउको खानदान भएपनि बुवाले घरमा खासै नहेर्ने हुदा गाह्रो नै थियो । आमाले हामीलाइ मेलामा गएर खान पुराउनु भएको थियो ।
हामीलाइ हुर्काउन साहै्र गाह्रो भएर मेरी ठुली दिदी म जन्मेपछि मामाघर तिर नै हुर्किएुका थिइ म अलि ठुली भएपछि मात्र घर आएकी थिए । घरमा दु:ख थियो तर पनि बुवा खराब नै हो पनि म भन्दिन आज हामी जहा छौ अलिकति बुवाको पनि देन छ । बुवा राम्रै हुनुहुथ्यो कमाउनुहुथ्यो , बोली पनि मिठो नै थियो तर खोइ किन हो आफ्नी आमाप्रति श्रीमति र सन्तानप्रतिको कर्तव्य निभाउन जान्नुभएन भनौ या त्यो माया पाउन हाम्रो भाग्यमा नै थिएन त्यसैले मेरी आमालाइ निकै गाह्रो थियो । आमाले अलिकति पैसा जम्मा गरेर म जन्मेको २ बर्षमा मलाइ भैरहवा आखा अस्पतालमा लिएर आउनुभयो मेरो समस्या दुइ बर्ष पुदासम्म बढ्ने घट्ने खालको कुनै परबर्तन आएको थिएन रे । त्यहा जाच गराउदा मेरो एउटा मात्र नभइ दुवै आखामा समस्या देखिएछ ,डाक्टरका अनुसार दाहिने आखामा जलबिन्दु देब्रे आखामा मोतिबिन्दु। मेरो दुबै आखाको उपचार भयो तर मोतिबिन्दुको उपचार सफल भयो जलबिन्दु भएको आखानिकालेर सफा गरिए पनि सफल भने भएन डाक्टर भनाइ अनुसार म १६ पुगे पछी शल्यक्रिया गनुपर्छ काठमाण्डौ लगेर भन्ने कुरा थियो मेरो आखा सन्चो हुने झिनो आशा बोकेर आमा र म घर फर्किएयौ ।म बिस्तारै हुर्किदै गए मेरो समस्या उस्तै थियो । म तिन बर्षकी हुदादेखि म मेरी दीदिसँग स्कुल पढ्न जान लागेकी थिए तर खोइ किन हो म स्कुल गएको ३ बर्षपछि मात्र शिशुबाट १ कक्षामा गएकी थिए ।
मेरी आमाले भन्नुहुथ्यो स्कुलले भर्ना लिएर कक्षा चढ्न दाया हातले बाया र बाया हातले दायाको कान छुनु पर्थ्यो रे म अहिले सोच्छु म कान छुन नसकेर तिन बर्षसम्म एउटै कक्षा पढ्न परेको थियो होला किन कि मेरो आँखा मात्रा हैन एउटा हात पनि अली छोटो छ । म मेरो घर नजिकैको श्री राम माध्यमिक बिद्यलयमा कक्षा शिशु देखि कक्षा७ पास गरुन्जेल पढेकी थिए । पढाइ राम्रो ने थियो ,मलाइ आफुमा केही कमी छ जस्तो कहिलेपनि लागेन , स्कुल होस या घर गाउ सबैले साह्रै माया गर्नुहुथ्यो । म सानी हुदा मलाइ घरको अवस्थाको मतलब नै हुँदैन थियो न घरको काम नै गर्थे म कि खेलेर कि पढेर दिन बिताउथे । मेरी आमाले आफुले नपढेको भए पनि छोरीलाइ सकेको पढाउनुपर्छ भन्ने मानसिकता थियो । म भन्दा मेरी माइली दिदी थोरै उमेरले ठुली भएपनि ब्यबहारिक थिइ मलाइ केही मतलब नै थिएन । म साथीसँग खेल्नमा नै मख्ख पर्थे ।म बिच बिचमा बिरामी भइरहन्थे ,म कक्षा छ मा पढ्दाको कुरा हो मलाई केही दिन देखि कता हो कता गाह्रो भाको थियो ,एकदिन खाजा छुट्टी पछि पाचौ पिरिएड पुर्बब्याबसायिक बिषय कुर्सीमा बसेर पढ्दै थियौ ,त्यो बेलामा स्कुलको नया भवन बनाउदै भएकाले हामी केही साथी बेन्चमा त केही साथी कुर्सीमा बसेर पढ्थ्यौ । हामीलाई लक्ष्मी मिसले पढाउदै हुनुहुन्थ्यो मलाई राम्रो सँग याद छ म साथीको बिचमा बसेकी थिए ।
मिसले हामीलाइ आफ्नै सुरमा पढाइरहनुभाको थियो मलाइ कताकता असजिलो महसुृस भाको थियो पढाइमा मन नै लागिरहेको थिएन यत्तिकैमा मलाईे एक्दमैै कालो बमिट पो भयो । म अर्धबेहासी झै भएकी थिए मिसले सबै साथीलाइ अर्केा कोठामा पढ्न लैजानुभयो मलाइ धारामा पठाउनुभयो मसँग साथी खुमा पनि थिइ हामी धारामा गएर सफा भएर कक्षाकोठामा गयौ मिसले मलाइ घर पठाउनुभयो र म घर गएर आमालाई स्कुलमा भाको सबै कुरा भने । मैले बमिट गरेको मेरी माइली दिदी सफा गरिछ दिदी ले नी घरमा आएर यसले त कस्तो डरलाग्दो बमिट गरकी थिइ भनी । हाम्रो कुरा सुनेर आमा आत्तिनुभयो मलाइ नजिकैको मेडिकलमा उपचार गरियो । म अर्को दिनबाट फेरी स्कुल जान थाले । दिनहरु बित्दै थिए मलाइ मेडिकलको उपचारले सन्चो भाको थिएन म बिस्तारै गल्दै गए म पढाइमा राम्रो बिद्यार्थी म पढाइमा ध्यान दिनै सकेकी थिइन यस्तो अवस्था देख्दा सर मिसले के भयो सन्चो भएनकी भन्नुहुथ्यो म ठिक भएको जानकारी मुन्टो हल्लाएर गराउथे । म बिस्तारै गल्दै गए स्कुल जान नी नसक्ने पो भए । आमाले मलाइ जाच गर्न लाने तयारी गर्नुभयो ,म र आमा बिस्तारै बिस्तारै अश्लेवा चौरको हेल्थ पोष्टमा गयौ । म त्यहा पुग्दा पनि बिचमा बाटोका भेटिनुभएका मानिसले बोकेर र कहिले मेरी आमाले बोकेर लैजानुभएको थियो । हेल्थ पोष्टमा जाच गरेर खै के भनियो त्यो त मलाइ थाहा भएन केही औषधी त्यहीबाट दिइयो केही मेडिकलमा किनेर लैजान भनियोे जेठको महिना म हिड्न नसक्ने हामी दिउसो ठुलीआमाको घरमा गएर बस्यो मैले औषधी खाए गुलकोज
पानी पनि खाए तर जस्ताको त्यस्तै बमिट पो गरे ।
मलाइ कालो दिशा हुने समस्या पनि थियो कतिले अल्सर भाको हो कसैले अल्सर बिग्रको हो कसैले के कसैले के भन्थे । हामी साझपख घर जानका लागि हिड्यौ अल्लि माथी पुग्दा हेल्थ पोष्टको पुरानो अनुभवी डाक्टर भेट हुनुभयो सामान्य कुरा हुदै गर्दा आमाले छोरीलाइ यस्तो भएर ल्याएको हो भन्नुभयो यो कुरा सुन्ने बित्तिकै उहाले मलाइ बोलाएर मेरो नारी समात्नुभयो र भन्नुभयो यिनलाइ कहा घर लिएर हिडेको यिनको मुटु डराइराको छ उपचारका लागि भैरहवा मेडिकल कलेज लैजाउ भनेर अस्पतालमा फोन गर्दिनुभयो हामी उपचारका लागि अर्काे दिन जाने भयौ । मलाइ ठुलीआमाकै घरमा छोडेर आमा घरमा पैसा खोज्न जानुभयो अर्काेदिन बिहान घरको ब्यबस्था मिलाएर उपचार खर्च खोजेर बिहान ५ बजे आउनुभयो आमा सँगै गाउको बुबा पनि आफ्नो उपचारको लागि आउनुभाको थियो । हामी त्यहाबाट उपचारका लागि हिड्यौ म हिड्न सकेकी थिइन । हामी भैरहवा उपचारका लागि हिडेको भए पनि पाल्पा मिसन अस्पतालमा पनि राम्रो उपचार हुन्छ भनेर हामी पाल्पाका लागि बस चढ्यौ । म बस चढ्दा त आफै चढेकी थिए तर झर्न सकीन जताततै अध्यारो देख्न थाले मलाइ बसपार्कबाट आमाले बाकेर नै अस्पताल पुर्याउनुभयो मेरो आकस्मिक सेवामा भर्ना गरियो । डाक्टरले भल्दै हुनुथ्यो एकैछि ढिलो भाको भए......क्रमश
लेखक: लक्ष्मी पाण्डे
बि बि एस तेस्रो बर्ष अध्ययनरत
तपाईको प्रतिक्रिया