00:00:00
स्थानिय

बुटवलमा पहिराे खस्दा दर्जनौं घरमा क्षति

आइतबार भदौ १३, २०७८/ Sunday 08-29-21

बुटवल-रुपन्देही 
२०७८ भदौ १३

 

    पहिरो जाँदा बुटवलको ज्योतिनगरमा एक दर्जन घरमा क्षति पुगेको छ। आज विहान ६ बजे चुरे पहाडबाट खसेको पहिरोले वडा नं. ३ को ज्योतिनगरमा मनमाया भाट क्षेत्री लगायत तीन जनाको घरमा पहिरो पसेको छ।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार ४ घरमा पहिरो पसेको छ । बिहान ६ बजेपछि पहिरो खसेकाले घरमा रहेकाहरु भागेर सुरक्षित भएका र मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । पहिरोले एक दर्जन घरमा क्षति पुगेको स्थानीय विष्णु गुरुङले बताउनुभएको छ । 

पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्‍याएर आवागमन अवरुद्ध भएको र त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको छ ।पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरमा रहेका सामान सुरक्षित स्थानमा सारेका छन् । पहिरोको जोखिममा रहेका अन्य स्थानीयलाई पनि अन्यत्र सार्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । उक्त ठाउँमा २०५५ साल भदौ २० गते पहिरो खस्दा ५७ घरमा क्षति पुगेको थियो ।

तपाईको प्रतिक्रिया