स्थानिय
डाक्टरलाई कालोमोसो दल्ने परियारले दिए भोक हड्तालको चेतावनी
मंगलबार भदौ १५, २०७८/ Tuesday 08-31-21
दाङ २०७८ भदौ १५
राप्ती प्रादेशिक अस्पताल दाङको तुलसीपुरमा निमित्त प्रमुखलाई दुर्व्यवहार गरेकाे आरोप लागेका अनेरास्ववियुका जिल्ला नेता सर्जन परियारले प्रहरी कार्यालयमा उपस्थित भएर भोक हड्ताल गर्ने चेतावनी दिनुभएको छ ।
परियारले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कानुनलाई सहयोग गर्ने उद्देश्यले स्वयम् उपस्थित भएर न्यायको पक्षमा र झुटा मुद्दाको विरुद्धमा प्रहरीको हिरासतभित्रै भोकै हड्ताल बस्ने चेतावनी दिनुभएको हो ।
गएको शुक्रवार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहलाई कालोमोसो दलेर दुर्व्यवहार गरेको आरोप लागेपछि उहाँ फरार हुनुभएको थियो। परियारलाई प्रहरीले त्यस घटनाकाे मुख्य अभियुक्त मानेको छ ।
तपाईको प्रतिक्रिया