00:00:00
स्थानिय

३६ कुलोमा एक पुरुषको बेवारिसे शव फेला

शुक्रबार भदौ १८, २०७८/ Friday 09-03-21

तिलोत्तमा-रुपन्देही
२०७८ भदौ १८

 रुपन्देहीको तिलोत्तमा एक पुरुषको शव फेला परेको छ । बिहीबार बिहान तिलोत्तमा नगरपालिका–१० हरैया शिवालयमार्ग स्थित ३६ कुलोमा एक पुरुषको बेवारिसे शव फेला परेको हो ।

बिहान करिब सात बजेको समयमा कुलोमा बालुवा उठाउनेक्रममा स्थानियले शब देखेको ईलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ । अन्दाजी ३५/३६ वर्षका पुरुषको अहिलेसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताउनुभएको छ ।

शवलाई पोष्टमार्टनका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया