00:00:00
स्थानिय

न्यायको माग गर्दै सीता भण्डारीका आफन्त आन्दोलित 

शुक्रबार भदौ २५, २०७८/ Friday 09-10-21

तिलोत्तमा २०७८ भदौ २५ 

              तिलोत्तमा नगरपालिकामा युवतीको रहस्यमयी मृत्युको घटनालाई लिएर विगत एक सातादेखि आन्दोलन चर्किएको छ । तिलोत्तमा-८ मणिग्राम चार नम्बरकी २७ वर्षिया सीता भण्डारीको भदौ १९ गते राती हत्या भएको भन्दै आन्दोलन भइरहेको छ । आन्दोलनलाई साम्य पार्न बाक्लो रुपमा उपस्थित भएको प्रहरी प्रशासनले बल प्रयोग गरेपछि स्थिती थप तनावपूर्ण बनेको छ । 

  माइती पक्षले छानविनका लागि इलाका प्रहरी कार्यालय बुटवलमा ‘कर्तव्य ज्यान मुद्दा’ सम्बन्धि जाहेरी दर्ता गर्न गएपनि प्रहरीले उजुरी दर्ता गर्न नमानेको सीताका मामा रामप्रसाद पोखरेलले बताउनुभएको छ । ‘हामीले कर्तव्य ज्यान मुद्दा सम्बन्धि उजुरी दिन जाँदा यो मुद्दा दर्ता गर्न मिल्दैन भने पछी प्रहरी कै सल्लाहमा ‘आत्महत्या सम्बिन्धि दुरुत्साहन’ मुद्दा दर्ता गरार्यौ, त्यो पनि अदालतले अनुसन्धानका लागि म्याद थप्न नमिल्ने भन्दै फर्काइदिएपछि बिरोधमा उत्रिनु परेको छ ।’पोखरेलले बताउनुभयो।  

   सीता भण्डारीका बुबा हरिप्रसाद भण्डारीले छोरीका परिवारको योजनामा आफ्नो छोरीले ज्यान गुमाउनुपरेको बताउनुभएको छ। सीताको विवाह २ वर्ष अघि पाल्पामा दरबार रिसोर्ट संचालन गरिरहेका ४३ वर्षिय टीका पौडेलसँग भएको थियो । परिवारले योजनावद्ध रुपमा आफ्नो छोरीको हत्या गरे पनि प्रहरीले घटनालाई सत्यतथ्य छानविन नगरी लुकाउन खोजिरहेको भन्दै सीताका आफन्त तथा महिला अधिकारकर्मीहरुले उनको घर अगाडि विरोध प्रदर्शन गरेका हुन।

सत्यतथ्य छानविन गरी बाहिर ल्याउनु पर्ने माग राख्दै सीताका श्रीमान टीका पौडेलको घर घेरिएको छ । बाक्लो रुपमा प्रहरी परिचालन गरिएको उक्त ठाउँमा सीताका माइती पक्षले विभिन्न नारासहितका प्ले कार्डसहित सीतालाई न्याए दिलाउन माग गरेका हुन । 

तपाईको प्रतिक्रिया