शिक्षा
बुटवलमा कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई सोमबार कोरोना विरुद्धको खोप
आइतबार भदौ २७, २०७८/ Sunday 09-12-21
बुटवल-२०७८ भदौ २७
बुटवलमा कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिइने भएको छ ।उपमहानगरका कक्षा १२ को परीक्षामा सहभागि हुने १८ वर्ष पुरा भएका विद्यार्थीहरुलाई सोमबार एस्ट्राजेनिक खोपको पहिलो मात्रा लगाइने बुटवल उपमहानगरपालिकाले एक सूचना जारी गरेको छ ।
कक्षा १२ को परीक्षामा सहभागि हुने विद्यार्थीहरुले सोमबार कान्ति मा.वि. सिदेश्वर लाल कुमारी मा.वि., नबिन औद्योगिक कदर बहादुर सिता मा.बि. र समेलार स्वास्थ्य चौकीमा लगएर खोप लगाउन सक्ने छन् । खोप लगाउनका लागि परीक्षामा संलग्न हुने प्रवेश पत्र अनिर्वाय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
तपाईको प्रतिक्रिया