00:00:00
स्थानिय

बुटवलको जीतगढीमा मोटरसाइकल र ट्रक ठोक्किए, २ जना गम्भीर घाइते

आइतबार भदौ २७, २०७८/ Sunday 09-12-21

बुटवल-२०७८ भदौ २७ 

         पुर्व–पश्चिम राजमार्ग अन्तरगत बुटवलको जीतगढीमा सवारी दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् ।बुटवल–१३ जीतगढी नजिकै भएको दुर्घटनामा परी रुपन्देहीको कञ्चन गाउँपालिकाका ५९ वर्षिय लोकराज बुजेल र उनका श्रीमती ५६ वर्षीया उमादेवी गम्भीर घाइते भएका छन् । बुटवलतर्फ आइरहेको उनीहरु सवार लु ४५ प २८५७ नम्बरको मोटरसाइकललाई पश्चिमतर्फ गइरहेको ना १ क ८९१५ नम्बर ट्रकले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनापछि घाइतेहरुलाई बुटवलको चौराह अस्पतालमा उपचारका लागि पठाइएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले ग्लोबल आवाजलाई जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया