00:00:00
स्वास्थ्य

थप १,४७८ जनामा कोरोना संक्रमण, १,६३० संक्रमणमुक्त

बुधबार असोज ६, २०७८/ Wednesday 09-22-21

काठमाण्डौ २०७८ असोज ६ 

          पछिल्लो २४ घण्टामा १,४७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ७६ पीसीआर परीक्षण गर्दा १ हजार २५१ जना र २ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा २ सय २७ गरी १ हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १ हजार ६३० जना निको भएका छन् ।

यस्तै १० वर्ष मुनिका ३८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९८ जना कोरोना संक्रमित थपिएका छन् ।

तपाईको प्रतिक्रिया