२०७८ असोज ९
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पूर्व निर्धारित मिति अनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ-नगर अधिवेशन प्रारम्भ भएको छ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँ-नगर अधिवेशन सुरु भएको छ ।
यसैविच नेपाली काग्रेसको १४ औं महाधिवेशन अन्तरगत आज रुपन्देहीका पालिकाहरुमा पनि अधिवेशन सुरु भएको छ । वडा अधिवेशन सकिएको रुपन्देहीमा आज पालिका अधिवेशन शुरू भएको हो । नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले १५५ वडामध्ये ९० प्रतिशत वडामा सर्वसम्मत भएको र पालिकामा पनि सकेसम्म सर्वसम्मत गराउन नेतृत्व लागिपरेको बताउनुभयो । रुपन्देहीमा एक उपमहानगरपालिका र ५ वटा नगरपालिका तथा १० वटा गाउँपालिका गरि १६ स्थानीय तह छन् । त्यसमध्ये अधिकांश स्थानमा समूहगत रुपमा छुट्टा–छुट्टै उम्मेदवारी घोषणा भएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर तिलोत्तमा नगरपालिकामा तीन जनाको दावेदारी देखिएको छ । तिलोत्तमामा देउवा समुहबाट हरिलाल पाण्डे र पौडेल समुहबाट नारायण न्यौपानेले उम्मेदवारी घोषणा गर्नुभएको छ । बुटवल उपमहानगरपालिकामा पार्टीको नेतृत्व लिन पौडेल समुहबाट बर्तमान सभापति खेलराज पाण्डेय र देउवा समुहबाट रीता केसीले उम्मेदवारी घोषणा गर्नुभएको छ । सिद्धार्थनगर नगरपालिका (भैरहवा)मा सभापति देउवा समुहबाट कोशिष खड्का र पौडेल समुहबाट सञ्जिवराज रेग्मीले उम्मेदवारी घोषणा गरि चुनावी मैदानमा हुनुहुन्छ ।
सैनामैना नगरपालिकामा पौडेल समुहबाट कृष्ण पोखरेल र देउवा समुहबाट रणबहादुर खनालले उम्मेदवारी घोषणा गर्नुभएको छ भने देवदह नगरपालिकामा पौडेल समुहबाट गुणाखर भुर्तेल र देउवा समुहबाट झविन्द्र पाण्डेले उम्मेदवारी घोषणा गर्नुभएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने यस अगाडिकै सभापति मोह्मद सहित खाँको एकल उम्मेदवारी छ । १० गाउँपालिका रहेको रुपन्देही जिल्लाको ओमसतीया, गैडहवा, कञ्चन, मर्चवारी, सम्मरीमाई र कोटहीमाईमा सर्वसम्मत बनाउने प्रयास भएको छ ।
तपाईको प्रतिक्रिया