00:00:00
शिक्षा

स्काईलार्कमा दुना टपरी बनाउने तालिम

शनिबार असोज १६, २०७८/ Saturday 10-02-21

लक्षमण पौडेल,बुटवल
२०७८ असोज १६ 

      स्काईलार्क इङलिश बोर्डिङ स्कुल बाणगंगा–११ कपिलवस्तुमा एक दिने दुना टपरी बनाउने तालिम सम्पन्न भएको छ । विद्यालयका प्राचार्य तोलाकान्त डुम्रेको अध्यक्षतामा भएको तालिमको उदघाटन वडा नम्बर ११ का वडाअध्यक्ष एवं विद्यालयका सल्लाहकार सोमनाथ अर्यालले गर्नुभएको थियो ।

       आधुनिक युगमा लोप हुँदै गैरहेको परम्परागत सीप तथा सांस्कृतिक महत्व बोकेको दुना टपरीको प्रयोगलाई बढाउने उद्देश्यले तालिमको आयोजना गरिएको प्राचार्य डुम्रेले बताउनुभयो । तालिममा कक्षा ४ देखि ९ सम्मका छात्राहरुको सहभागिता रहेको थियो । 

     प्राचार्य डुम्रेले यसबाट विद्यालय उमेरका बालिकाले आफ्नो घरमा हुने सांस्कृतिक एवं धार्मिक कार्यमा यसको प्रयोग गरी आर्थिक भार कम गर्नुका साथै परम्परागत सिपको विकास, संरक्षण र सम्बद्र्धन गर्न सकिने बताउनुभयो । 

तपाईको प्रतिक्रिया