रूपन्देहीमा १८ बर्षमाथिका सबैलाई असाेज २२ र २३ गते भेराेसेल खोप दिइने
बुटवल २०७८ असोज २०
रूपन्देहीमा १८ बर्षमाथिका सबैलाई कोभिड–१९ विरुद्धको भेराेसेल खोप दिइने भएको छ । असाेज २२ र २३ गते भित्रै सबै पालिकामा एकसाथ खाेप दिइने भएको हाे ।
जिल्ला कोभिड खोप समन्वय तथा अनुगमन समितिको असाेज १९ को निर्णय अनुसार स्वास्थ्य सेवा बिभाग परिवार कल्याण महाशाखाको असाेज १८ को पत्र अनुसार भेराेसेल खोप दिइने स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा.राजेन्द्र गिरीले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो।
दशैँअघि नै सबै पालिकाहरुमा एकैसाथ खाेप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य कार्यालयले सबै पालिकालाइ परिपत्र गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैं लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताउनुभएको हो । राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको पनि बताउनुभयो। यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको श्रेष्ठको भनाई छ । दसैंलगत्तै १ लाख फाइजर खोप आउने श्रेष्ठले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया