00:00:00
खेलकुद

नेपाली २३ वर्षमुनिकाे फुटबल टोली ताजिकिस्तान प्रस्थान

मंगलबार कार्तिक २, २०७८/ Tuesday 10-19-21

काठमाण्डाै २०७८ कार्तिक २ 
  
     एएफसी २३ वर्षमुनीको एसियन कप छनोटका लागि नेपाली टोली ताजिकिस्तान प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोली आज बिहान त्यसतर्फ प्रस्थान गरेको जनाएको छ ।

छनोटका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आइतबार २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेका थिए । छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग आउँदो ८ गते अर्थात् अक्टोबर २५ मा खेल्नेछ ।

यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग आउँदो ११ अर्थात् अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग आउँदो १४ गते अर्थात् अक्टोबर ३१ मा खेल्नेछ । छनोट अघि नेपालले आउँदो ५ गते अर्थात् अक्टोबर २२ मा इन्डोनेसियाको २३ वर्षमुनिकाे टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

तपाईको प्रतिक्रिया