00:00:00
स्वास्थ्य

हुम्लामा पहिरोमा पुरिएका ६ जनाकै ज्यान गयो

बुधबार कार्तिक ३, २०७८/ Wednesday 10-20-21

काठमाण्डौ २०७८ कार्तिक ३ 

       अबिरल बर्षाका करण हुम्लामा पहिरोमा पुरिएका ६ जनाकै ज्यान गएको छ । पहिरोले खार्पुनाथ गाउँपालिका–५ खर्पैल गाउँका धनवीरे शाहीको घर पुरिँदा उहाँसहित ६ जनाको ज्यान गएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।

  पहिरोमा ७० वर्षीय धनवीरेसहित उहाँकी ४० वर्षकी छोरी आशा शाही, ५५ वर्षका ज्वाइँ कलबहादुर शाही, कलबहादुरका १३ वर्षीय छोरा अलिन्द्र, ५ वर्षीय हुमेश र तीन वर्षीय जसबहादुरको ज्यान गएको आचार्यले बताउनुभयो।

हिजो नै पहिरोले घर पुरिए पनि हिजो राति खोजीकार्य सुरु हुन सकेको थिएन । आज बिहानबाट खोजीकार्य थालिएको थियो । 

तपाईको प्रतिक्रिया