00:00:00
स्थानिय

डेढ महिनापछि भयो सीता भण्डारीको अन्त्येष्टी

बुधबार कार्तिक ३, २०७८/ Wednesday 10-20-21

बुटवल २०७८ कार्तिक ३ 

         रुपन्देही तिलोत्तमा मणिग्रामककी २७ बर्षिय सीता भण्डारी पौडेल भदौ २० गते बिहान घरमै मृत अवस्थामा फेला पर्नुभएको थियो। डेढ महिनापछि आज अन्त्येष्टी भएको छ ।

माइती पक्षले सीताको हत्या भएको दावी गर्दै शव बुझ्न र अन्त्येष्टी गर्न मानेका थिएनन् । पोष्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानले झुण्डिएर आत्महत्या गरेको रिपोर्ट देखाएको थियो । यसै विषयलाई लिएर एक महिनासम्म सडक आन्दोलन नै चर्केको थियो ।आन्दोलन चर्कियसंगै प्रहरीले सीताका पति टीका पौडेल, जेठाजु तिलोत्तमा– ५ का वडा सदस्य हरि पौडेल र आमाजू विष्णुलाई पुर्पक्षका लागि थुनामा राखेको थियो ।

सीताको बुटवलको मगरघाटमा आज बुधबार अन्तेष्टि गरिएको रुपन्देही प्रहरीले जनाएको छ । अब आगामी दिनमा अदालती प्रक्रियामा कुनै हस्तक्षेप हुने गरी आन्दोलन नगर्ने सहमति भएको छ । घटनाको केन्द्रीय अनुसन्धान ब्युरोले समेत अनुसन्धान गरेको थियो । सीआईबीले सीताले मोबाइलमा ‘सुसाइड नोट’ लेखेको भेटिएको दावी छ । माइती पक्षले भने उक्त ‘सुसाइड नोट’ लाई बनावटी भन्दै आएको छ । 

तपाईको प्रतिक्रिया