00:00:00
स्वास्थ्य

झाडापखालाको प्रकोप फैलिँदा ५३ जना बिरामी

सोमबार कार्तिक ८, २०७८/ Monday 10-25-21

अर्घाखाँची २०७८ कार्तिक ८ 

   अर्घाखाँचीको शितगंगा नगरपालिका–११  खरयवट्टी गाँउमा झाडापखालाको प्रकोप फैलिँदा ५३ जना बिरामी परेका छन् । खयरवट्टी स्थानीयमा झाडापखाला लाग्ने, वान्ता हुने समस्या देखिएपछि शितगंगा नगरपालिकाको स्वास्थ टोलीसमेत प्रभावित क्षेत्रमा पुगेको थियो ।

झाडापखालाले हालसम्म ५३ जना बिरामी परेको र गम्भीर बिरामी भएका पाँच जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरेर उपचार भइरहेको शितगंगा नगरपालकाको स्वास्थ शाखा सहसंयोजक दामोदर ढकालले जानकारी दिनुभएको छ । प्राथमिक स्वास्थ केन्द्र ठाडाका चिकित्सक अजय चौधरी लगायतको स्वास्थकर्मी टोली प्रभावित क्षेत्रमा पुगेर उपचार गरेका हुन् । दुषित पानीका कारण झाडापखला फैलिएको हुन सक्ने चिकित्सक चौधरीको अनुमान छ । 

समस्या देखिएका बिरामीलाई खानपानमा सचेत रहन र औषधिको प्रयोग गर्न चौधरीले सुझाव दिनुभयो । केही दिनदेखि झाडापखालाको संकेत देखिएपछि गाउँमा बिरामी बढ्दै गएको वडा नम्बर ११ का अध्यक्ष कपिल आलेले बताउनुभयो। #Globalawaj

तपाईको प्रतिक्रिया