अफगानिस्तानबाट थप ३२ नेपालीकाे उद्धार, उद्धारको पर्खाइमा अब कोही नरहेको मन्त्रालयको दाबी
काठमाण्डौ २०७८ कार्तिक १३
सरकारले अफगानिस्तानबाट थप ३२ जना नेपालीलाई उद्धार गरेर आज काठमाण्डौ ल्याएको छ । आज उद्धार गरेर ल्याएका ३२ जनासहित अहिलेसम्म अफगानिस्तानबाट नौ सय ४० जना नेपालीलाई स्वदेश फकाईएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राजधानी काबुलसहित विभिन्न ठाउँमा छरिएर बसेका उनिहरुलाई एकै ठाउँमा जम्मा पारेर आज नेपाल ल्याइएको हो ।आज काठमाण्डौ आइपुगेकाहरु श्रम स्वीकृति नलिइकनै रोजगारीको लागि अफगानिस्तान गएको मन्त्रालयले जानकारी दिएको छ । संयुक्त राष्ट्रसंघका निकायले अफगानिस्तानमा रहेका नेपालीलाई कुनै खतरा नरहेको जानकारी दिँदै कुनै जोखिम भएमा तत्कालै फर्काइने जानकारी दिएकोले अब संयुक्त राष्ट्रसंघ अन्तर्गत विभिन्न निकायमा काम गर्ने केही नेपाली मात्रै अफगानिस्तानमा रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
तालिबानले अफगानिस्तान कब्जा गर्ने तयारी गर्नासाथ संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, क्यानडा, जापान, विभिन्न रोजगारदाता कम्पनी लगायतको सहयोगमा नेपालीलाई उद्दार गरिएको भन्दै मन्त्रालयले नेपालीको उद्दारमा सहयोग पर्याउने सबैलाई धन्यवाद पनि दिएको छ ।
तपाईको प्रतिक्रिया