रुपन्देहीमा फर्निचर उद्योगमा आगलागी हुँदा २ करोड बढीकाे क्षति
बुटवल २०७८ कार्तिक २६
रुपन्देहीको तिलोत्तमा नगरपालिका पत्थरडाँडामा रहेको फर्निचर उद्योगमा आग लागि हुँदा २ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।
पत्थरडाँडामा रहेको कनौजे ट्रेडर्समा आगो लाग्दा उद्योग र सोरुममा रहेकाे सबै फर्निचर जलेर नष्ट भएकाे तिलोत्तमा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष गणेश न्यौपानेले बताउनुभयो।
बिहीवार बेलुका ५ बजेदेखि लागेकाे आगो ७ घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयाे। प्रवक्ता थापाले दमकलले मात्रै आगो नियन्त्रणमा लिन नसकेपछि डोजर लगाएर भवन नै भत्काउनु परेको बताउनु भएकाे छ।
आगो निभाउन बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका र भलवारीमा रहेको नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयको दमकल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताउनुभयो ।
तपाईको प्रतिक्रिया