00:00:00
राष्ट्रिय

एमालेकाे १० औँ महाधिवेशनकाे लाेगाे सार्वजनिक, गैँडाकाे हातमा झन्डा

शुक्रबार कार्तिक २६, २०७८/ Friday 11-12-21

काठमाण्डौ २०७८ कार्तिक २६ 

    आगामी १०-१२ मंसिरमा चितवनको नारायणगढमा हुने नेकपा एमाले दसौँ राष्ट्रिय महाधिवेशनको लोगो, नारा र जिंगल सार्वजनिक भएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा महाधिवेशन प्रचारमा सहयोग गर्नेगरी लोगो, जिंगल र नारा सार्वजनिक गरिएको हो ।

  ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले त्याे लोगो सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा ‘नारायणगढ जाउँ, महाधिवेशन सफल पारौं’ भन्ने जिंगल सार्वजनिक गरिएको छ । यस्तै, गैँडाले कम्युनिष्ट पार्टीको झण्डा बोकेको लोगो पनि सार्वजनिक भएको छ ।  

   कार्यक्रममा पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनमा आउने सबै प्रतिनिधिका लागि बस्न आवश्यक होटल र खानपानको  व्यवस्था मिलाइ सकेको बताउनुभयो । भट्टराईले सो अवसरमा मौषम परिवर्तनका कारण अहिले गैँडाको बासस्थान जोखिममा रहेको र गैँडालाई पुनः जंगल मै फर्काउने सन्देशसहित सांकेतिक रुपमा गैंडालालाई समावेश गरेको भन्नुभयो ।  

तपाईको प्रतिक्रिया