00:00:00
राष्ट्रिय

मंसिर १ देखि ई-पासपोर्ट जारी गर्ने तयारी  

शुक्रबार कार्तिक २६, २०७८/ Friday 11-12-21

 काठमाण्डौ २०७८ कार्तिक २६ 

     मंसिर १ गतेदेखि सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्न शुरु गर्दैछ । त्रिपुरेश्वरथित विभागको नयाँ भवनमा राहदानी विभागले  ई-पासपोर्ट छपाइको तयारीको लागि अन्तम चरणका परीक्षणहरु गरिररहेको छ ।

 नेपालले अहिले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको छ । मंसिर एक गते विशेष समारोहका बीच ई-पासपोर्टको वितरण शुरु हुने  तर विभागले कोबाट यसको शुरुआत गराउने भन्ने सार्वजनिक नगरी सकेको विभागका प्रवक्ता शरदराज आरनले बताउनुभयो ।

प्रवक्ता आरनका अनुसार शुरुआतका केही दिन दैनिक सीमित मात्रै ई-पासपोर्ट वितरण गरीने छ पूर्ण रुपमा ई-पासपोर्ट वितरण नभइन्जेल विभागले अत्यावश्यक परेर वा स्वेच्छिक रुपमा बनाउन चाहानेलाई एमआरपी पनि वितरण गर्ने छ। 

तपाईको प्रतिक्रिया