राष्ट्रिय
नेपाली कांग्रेसले १३ जिल्लामा आज वडा अधिवेशन गर्दै
शनिबार कार्तिक २७, २०७८/ Saturday 11-13-21
काठमाण्डाै २०७८ कार्तिक २७
नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण विवादले यसअघि १३ जिल्लामा वडा अधिवेशन हुन सकेको थिएन । प्रदेश २ का बिभिन्न ८ जिल्ला सप्तरी, सिरहा, सर्लाही, धनुषा, रौतहट, महोत्तरी, बारा, पर्सासहित सुर्खेत, बाँके, कैलाली, डोल्पा र रसुवामा कांग्रेसको वडा अधिवेशन हुन बाँकी रहेको थियो ।
आज १४ औं महाधिवेशन अन्तर्गत ती जिल्लामा वडा अधिवेशन सकिएपछि कात्तिक ३० गते पालिका अधिवेशन हुनेछ । त्यस्तै मंसिर ३ गते प्रदेश सभा अधिवेशन, मंसिर ६ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला अधिवेशन र मंसिर १० मा एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन गर्ने तालिका छ ।
तपाईको प्रतिक्रिया