00:00:00
स्थानिय

वन्दको कारण पाल्पाको जनजिवन प्रभावित

मंगलबार कार्तिक ३०, २०७८/ Tuesday 11-16-21

कृष्ण पोखरेल,पाल्पा 
२०७८ कार्तिक ३० 

     
         नेत्र विक्रम चन्दको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्द कारण पाल्पाको जनजिवन पूणर् रुपमा प्रभावित भएको छ । नेकपा विप्लप पक्षले पेट्रोलिम पदार्थको मुल्यबृद्धिको विरोधमा आज देश व्यापी गरेको नेपाल बन्दको कारण पाल्पाको जनजिवन प्रभावित भएको हो । 

   नेपाल बन्दको कारण पाल्पा बाट चल्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन । सिद्धार्थ राजमार्गको तानसेन बुटवल, तानसेन तम्घास सडकहरु सुनसान बनेका छन । कोभिडको कारण लामो समय बन्द भई संचालनमा रहेका शैक्षिक संस्थाहरु समेत नेपाल बन्दको कारण बन्द रहेका छन । पाल्पामा संचालनमा रहेका घरेलु तथा साना उधोग, बजार पसलहरु समेत बन्द रहेका छन । 

    बजार पसल सडक बन्द भएपछी वालवालिकाहरु सडकमा यत्रतत्र आनन्द खेलेका छन । सरकार तथा गैर सरकारी क्षेत्र बाट भएको सबै किसिमको मुल्यबृद्धि तत्काल फिर्ता हुनु पर्ने, बजार नियन्त्रण गरी महङ्गी बढाउने विचलियाहरु लाई कारवाही गरी मुल्य नियन्त्रण गर्नुपर्ने माग सहित विभिन्न आन्दोलनका कार्यक्रम सहित विप्लप नेकपाले नेपाल बन्दको आव्हान गरेको जनाएको छ । 

           बन्दको कारण अप्रिय घटना नघटोस भनी जिल्ला प्रहरी कार्यालय पाल्पाले तानसेन,रामपुर, हार्थोक छहरा, आर्यभञ्ज्याङ्ग, लगायतका क्षेत्रको चोक चोक गल्ली गल्लीमा प्रहरी परिचालन गरिएको जनाएकको छ ।

तपाईको प्रतिक्रिया