नेकपा माओवादी केन्द्रको वडा अधिवेशन अन्तरगत समिति छनोट
केही वडाहरुमा सर्वसम्मत नेतृत्व चयन
तिलोत्तमा २०७८ मंसिर ५
नेकपा माओवादी केन्द्रले आज वडा अधिवेशन गरेको छ । अधिकांश स्थानहरुमा सर्वसम्मतिको प्रक्रिया जारी रहेको माओवादीले जनाएको छ । रुपन्देहीका धेरै जसो वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको माओवादी केन्द्र रुपन्देहीका अध्यक्ष रामप्रसाद बन्जाडेले बताउनुभयो ।
केही वडाहरुमा नेतृत्वका आकांक्षी धेरै भएका कारण चयन गर्न नसकिए पनि अधिकांश वडाहरुमा सर्वसम्मतिको प्रयास जारी रहेको उहाँले बताउनुभयो । यस्तै रुपन्देही तिलोत्तमा वडा नं. ९ को प्रथम वडा सम्मेलन आज मणिग्राममा सम्पन्न भएको छ ।
तिलोत्तमा वडा नं. ९ का संयोजक विष्णु प्रसाद भट्टराईको अध्यक्षता तथा माधव बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले २१ सदस्यीय कार्यसमिती निर्विरोध चयन गरेको छ । जसको अध्यक्षामा गोविन्द रेग्मी, उपाध्यक्षमा श्यामनारायण केवट, सचिवमा गोपाल प्रसाद बस्याल, सहसचिवमा विज्जु श्रेष्ठ र कोषाध्यक्षमा लक्ष्मण भट्टराई चयन भएको नगर अधिवेशन आयोजक कमिटीका सदस्य दिपक पाण्डेले बताउनुभयो ।
तपाईको प्रतिक्रिया