00:00:00
स्वास्थ्य

एक डोज मात्र लगाए पुग्ने जोन्सनको २१ लाखभन्दा बढी खोप नेपाल ल्याइयो

बिहीबार पौष १, २०७८/ Thursday 12-16-21

काठमाण्डाै २०७८ पुष १

         एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपको थप २१ लाख ७६ हजार ६ सय ५० मात्रा नेपाल ल्याइएको छ । जर्मनीको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत जोन्सनको २१ लाख ७६ हजार ६ सय ५० डोज खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिनुभयो।

 यसअघि अमेरिकाबाट आएको यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक तथा अपाङ्गता भएका व्यक्ति, नेपालमा बसोबास गर्ने शरणार्थी, स्वास्थ्यकर्मी र सफाइकर्मीलाई दिइएको थियो । त्यसपछि वैदेशिक रोजगारीमा जानेहरुलाई पनि यो खोप दिइएको थियो। यो खोप भने कुन उमेर समूहलाई कसरी दिने भन्नेबारे टुङ्गो लाग्न बाँकी छ ।

एक मात्रा लगाए पुग्ने भएकाले वैदेशिक रोजगारीमा जानेहरुको रोजाइमा जोन्सन एण्ड जोन्सनको खोप पर्ने गरेको छ । अन्य कम्पनीको खोप दुई डोज लगाउनुपर्छ । स्वास्थ्य मन्त्रालयले जोन्सनको खोप वैदेशिक रोजगारीमा जानेलाई दिने योजना भए पनि अहिलेलाई उपलब्ध भएका जुनसुकै खोप लगाउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया