00:00:00
स्थानिय

अनाथ बालबालिकाको हेरचाहका लागि ५० लाखको अक्षयकोष

बिहीबार पौष ८, २०७८/ Thursday 12-23-21

रुपन्देही तिलोत्तमा
२०७८ पौष ८

      तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा सञ्चाति रामचन्द्र मैनादेवी अनाथ आश्रमले २५ औं साधारणसभा सम्पन्न गरेको छ । साधारणसभामा बोल्ने जनप्रतिनिधि, समाजसेवी, विभिन्न आमा समूहका अध्यक्ष तथा प्रतिनिधिहरुले आश्रम सञ्चालनका लागि सहयोग जुटाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

       कार्यक्रममा तिलोत्तमा वडा नम्बर ६ का वडाध्यक्ष सुखदेव न्यौपानेले अनाथ बालवालिकाहरुको संरक्षणका लागि आश्रम सञ्चालनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । तिलोत्तमा नगरपालिका बालमैत्री नगरपालिका घोषणा भइसकेकाले अब बालबालिकाहरुको पालनपोषणदेखि शिक्षा, स्वास्थ्य र अन्य अधिकारको विषयमा नगरपालिकाबाट सहयोग हुने न्यौपानेले बताउनुभयो । आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीले आश्रम सबैको सम्पति भएको उल्लेख गर्दै सबैको आर्थिक र भौतिक सहयोगबाट आश्रमले गति लिएको बताउनुभयो।

   अध्यक्ष भण्डारीले आश्रमको अहिले ५० लाख अक्षयकोष रहेको जानकारी गराउँदै कोरोना महामारीका कारण एक करोड पुराउने लक्ष्य पुरा हुन नसकेको र आगामी दिनमा पुर्याउने प्रतिवद्धता जनाइन् । आश्रम सञ्चालन र अक्ष्यकोष पारदर्शी रुपले सञ्चालन भएको बताउँदै आवश्यकता अनुसार निगरानी गर्न पनि भण्डारीले आग्रह गर्नुभयो ।

   कार्यक्रममा तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेल, समाजसेवी रमेश पाण्डे, बर पिपल महिला समूहकी अध्यक्ष कमला आचार्य पोखरेल, फोरस्टार सहकारीका अध्यक्ष रामलाल तिवारी, पत्रकार कृष्ण ढकाल, प्रकृति भट्टराई, सीता वास्ताकोटी लगायतले बोल्दै अनाथ बालवालिकाका लागि आश्रम सञ्चालनमा सबैको सहयोग आवश्यक पर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया