भैरहवा २०७८ पौष ९
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव मृत अवस्थामा भेटिनुभएको छ। प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार यादव शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत भेट्टिनुभएको हो ।
सङ्घीय प्रहरी इकाइ कार्यालय लुम्बिनीका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)यादव बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा भेट्टिनुभएको हो । यादव एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट हुनुहुन्थ्यो ।
यादव २०४९ सालमा सेवा प्रवेश गर्नुभएको अधिकृत हो । ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ गते यादवले अवकाश पाउन लाग्नुभएको थियो । यादवको मृत्युको एकिन कारण भने खुलेको छैन ।
तपाईको प्रतिक्रिया