रुपन्देही बुटवल
२०७८ पौष ११
नवलपरासीमा सवारी दुर्घटनाबाट एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका सचिव राजकुमार रेश्मीकी श्रीमती कमला रेश्मी रहेकी छन् । आइतबार बिहानै मर्निङ वाल्कको क्रममा कमलालाई गाडीले ठक्कर दिएको हो ।
जिल्लाको रामग्राम नगरपालिका–१को सडकमा पैदल यात्रामा रहेकी अन्दाजी ३७ वर्षीया रेश्मीलाई लु २ ख ४०५५ नम्बरको बसले बिहानै करिब साढे ५ बजे ठक्कर दिँदा उनको मृत्यु भएको र घटना पश्चात गाडी र चालकलाई नियन्त्रणमा लिइएको लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।
तपाईको प्रतिक्रिया