00:00:00
राष्ट्रिय

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

बिहीबार पौष १५, २०७८/ Thursday 12-30-21

काठमाण्डाै २०७८ पौष १५

            गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । तमु ल्होसारका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ का रुपमा मनाउने गरिन्छ । गुरुङकाे बाहुल्य क्षेत्र लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायतका जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउने गरिएको विश्वास छ । पुस १५ अर्थात आजको रात सबैभन्दा लामो हुने भएकाले पनि यो पर्वको महत्त्व रहेको छ ।

 चक्रीय रूपमा विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीको प्रतीक स्वरूप रहने गर्दछ । जसलाई तमु भाषामा ल्हो -वर्ग) भन्ने गर्दछ । यस वर्ष अर्थात् पुस १४ गतेसम्म ल्वों ल्हो (गाई वर्ग) थियो भने पुस १५ बाट तो ल्हो (बाघ वर्ग) प्रारम्भ हुनेछ । उदाहरणको रूपमा तमु समुदायमा कसैको उमेर सोध्नु परेमा सालको सट्टामा ल्हो सोध्ने प्रचलन छ । उदाहरणको रूपमा तमु समुदायमा कसैको उमेर सोध्नु परेमा सालको सट्टामा ल्हो सोध्ने प्रचलन छ ।

 

तपाईको प्रतिक्रिया