00:00:00
स्थानिय

सबैको बचत तथा रिण सहकारी संस्था लिमिटेडलको सेवा केन्द्र स्थापना

शनिबार पौष १७, २०७८/ Saturday 01-01-22

राजन पन्थी,तिलोत्तमा 
२०७८ पौष १७ 

       रुपन्देही तिलोत्तमा स्थित सबैको बचत तथा रिण सहकारी संस्था लिमिटेडले वडा नं १७ भरवलिया डांडामा आफ्नो सेवा केन्द्र स्थापना गरी  संचालनमा ल्याएको छ।

        वडाध्यक्ष दान बहादुर चौधरीले आज एक समारोहका बिच उक्त सेवा केन्द्र को उद्घाटन गर्दै हाल सम्म कुनै पनि बैंकको शाखा नपुगेको यस वडामा यस प्रकारको  सेवा केन्द्र संचालनले वडाका बासिन्दाहरुलाई बित्तिय सहजता ल्याउने बताउनु भयो।सहकारीका अध्यक्ष भरत भूसाल ले   कुनै ब्यापार बिस्तार का लागि नभै वडावासीहरुसंग हातेमालो गर्नको लागि सेवाकेन्द्र स्थापना गरिएको बताउनुभयो।

        कार्यक्रममा  दुईजना  सहकारीका सदस्यलाई कोशेली सहित जेष्ठ नागरिक सम्मान गरिएको थियो भने एकजना दिवांगत सदस्यका परिवारलाई शोक अनुदान वापत रु एक्काइस हजार प्रदान गरिएको थियो। 

       कार्यक्रम मा बोल्दै मुरारी पराजुली, लोकनाथ पाण्डे, बिष्णु  बश्याल, रिता चौधरी, चेतनारायण कणेल, पशुपती बश्याल, र राजाराम यादव लगायतका वक्ताहरुले झन्झटिलो बैंङ्किङ प्रकृया बिनै सहज सेवा पाउनु  खुशीको कुरा भएको बताएका थिए। उपाध्यक्ष चुरामणी पाण्डेको स्वागत बाट सुरु भएको कार्यक्रमको संचालन सचिव देवानन्द पाण्डे ले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया