00:00:00
स्थानिय

शुभारम्भको एकदिन अगाडि बुटवलको डान्स क्लबमा आगलागी

शुक्रबार पौष ३०, २०७८/ Friday 01-14-22

बुटवल २०७८ पौष ३०

     बुटवल स्थित सिद्धार्थ कटेजको साइडमा निर्माणधिन रहेको प्लान बी डान्स क्लबमा शुक्रबार मध्यान्हतिर  लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । क्लबको भोली शनिवार शुभारम्भ गर्ने तयारी रहेको थियो ।  

     लागलागी नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाको दमकल आएका छन् । अहिले पनि प्रहरी, सेनाले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।

तपाईको प्रतिक्रिया