00:00:00
स्थानिय

बुटवलको सडक दुर्घटनामा कलाकार पन्थको ज्यान गयो

आइतबार माघ २, २०७८/ Sunday 01-16-22

बुटवल २०७८ माघ २

      गएराती भएका सडक दुर्घटनामा परि कलाकार शोभाखर पन्थको निधन भएको छ। । रुपन्देहीको बुटवल उपमहानगर र तिलोत्तमा नगर पालिकाको सिमा योगिकुटीदेखी मगरघाटतिर जांदै गर्दा सडक बिस्तारका लागि खनिएको खाल्डोमा परेर उनको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

गुल्मी छत्रकोट ३ निबासी शोभाखर पन्थ फोटोग्राफर र कला क्षेत्रमा कृयाशिल समेत हुन्। पन्थले दर्जनाैँ गीत छायाँकन तथा अभिनय समेत गर्नुभएको छ । पन्थ सवार लु७०प १३५३ मोटरसाइकल गएराती सो खाल्डोमा खसेको भएपनि आज  बिहान मात्रै मर्निङ वाकमा हिड्ने स्थानीयले देखेपछि प्रहरीलाइ खबर गरेका थिए। आज बिहान प्रहरीले उद्धार गरेर पन्थलाई अस्पताल पुर्याएको हो। केहिसमयदेखि रुपन्देहीको सैनामैनामा बसोबास गर्ने उनका १ श्रीमती र १ सन्तान छन्।

तपाईको प्रतिक्रिया