00:00:00
स्वास्थ्य

बर्दियामा टिपरको ठक्करबाट आगो तापिरहेका दुई जनाको ज्यान गयो

मंगलबार माघ १८, २०७८/ Tuesday 02-01-22

काठमाण्डौ २०७८ माघ १८

  बर्दियाको बढैयाताल गाँउपालिका–३ सतपतियामा हिजो बेलुकी ८ बजे घर अगाडि आगो तापिरहेका ५ जनालाई भे १ क १४९५ नम्बरको टिपरले अनियन्त्रित भई टिपरको ठक्करबाट दुई जनाको मृत्यु र तीन जना गम्भिर घाइते भएका छन् ।  

टिपरको ठक्करबाट स्थानीय ४५ वर्षीय सोम बहादुर विकको घटनास्थलमै र रामु थारुको नेपालगञ्ज नरसिंह होममा उपचारको क्रममा गएराति पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।  

          टिपरको ठक्करबाट घाइते भएका ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षिया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ का १९ वर्षीय लक्ष्मण सुनारको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।मृतकका आफन्तले क्षतिपूर्तिको माग गरी नेपालगञ्ज–गुलरिया सडक खण्डको भोलागौडीमा प्रदर्शन गरेका छन् ।

तपाईको प्रतिक्रिया