00:00:00
स्थानिय

तिलोत्तमामा जेष्ठ नागरिकहरूलाई  सम्मान

सोमबार माघ २४, २०७८/ Monday 02-07-22

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले ८० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरूलाई  सम्मान गरेको छ ।

आज एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले वडा नम्वर ४ कार्यालय परिसरमा जेष्ठनागरिकहरुलाई सम्मान गरेको हो । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरी चौधरीले जेष्ठ नागरिकको सकारात्मक अनुभवलाई नयाँ पुस्ताले अंगिकार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष दिवाकर ढकालले समाजिक उत्तरदायित्व अन्तरगत जेष्ठ नागरिकलाई सम्मान गरिएको बताउनुभयो । कार्यक्रममा माओवादि केन्द्र नगर अध्यक्ष वेल प्रसाद शर्मा, एमाले वडा अध्यक्ष शंकर कपुर जिसीलगाएतले बोल्नुभएको थियो ।

कार्यक्रममा  ६० जना ८० देखि १०२ वर्ष सम्मका जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव काशिराम ज्ञवालीले गर्नुभएको थियो । कार्यालयमा आउन नसक्ने जेष्ठ नागरिकलाई घरमै गएर सम्मान गरिएको थियो । 

तपाईको प्रतिक्रिया