00:00:00
स्थानिय

झण्डै आठ किलो चरेससहित दाङमा दुई जना पक्राउ

मंगलबार माघ २५, २०७८/ Tuesday 02-08-22

दाङ २०७८ माघ २५

     दाङमा झण्डै आठ किलो चरेससहित दुई जना पक्राउ परेका छन् ।

  रुकुमको भुमे गाउँपालिका वडा नम्बर ९ चुनवाङ घर भइ घोराही उपमहानगरपालिका नयाँ बसपार्क बस्ने ५० वर्षीय दलबहादुर कामी र घोराही उपमहानगरपालिका वडा नम्बर– १८ गिठेपानी बस्दै आएका ५९ वर्षीय कर्णबहादुर पुन पक्राउ परेको प्रहरीले जनाएको छ ।

       दलबहादुर कामीको कोठाबाट ७ किलो ७ सय ७९ ग्राम लागुऔषध चरेससहित उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो । प्लास्टिककाे बोरामा हरियो पोलिथिन भित्र लामो, चेप्टो पोका बनाएर राखेको अवस्थामा १६ वटा पिस बरामद भएको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया