लुम्बिनी विकास कोषको कोषाध्यक्षमा रुपन्देहीका भट्टराई
बुटवल २०७८ माघ २५
लुम्बिनी विकास कोषको कोषाध्यक्षमा रुपन्देहीका ढुण्डीराज भट्टराई (सिद्धिचरण) नियुक्त हुनुभएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टराईलाई कोषको कोषाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । भट्टराईको कार्यकाल ५ वर्षको हुनेछ ।
रुपन्देहीको देवदह स्थायी घर भएका भट्टराईले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट एप्लाइड बुद्धिजममा स्नातकोत्तर गरेका छन् । समाजशास्त्रमा पनि स्नातकोत्तर र कानूनमा स्नातक गरेका भट्टराई दुई दशकदेखि पत्रकारितामा पनि आवद्ध छन् । भट्टराई नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज हुन् ।
लुम्बिनी विकास कोषबाट हुने ठेक्का सम्झौता अपारदर्शी र मिलेमतोमा हुने गरेको आरोप लाग्दै आइरहेकोमा आफ्नो कार्यकालमा कोषमा आर्थिक पारदर्शिता र सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता हुने भट्टराईले बताउनुभएको छ ।
तपाईको प्रतिक्रिया