00:00:00
स्वास्थ्य

तिलोत्तमा वडा नम्वर ३ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

बुधबार माघ २६, २०७८/ Wednesday 02-09-22

तिलोत्तमा । तिलोत्तमा नगरपालिका वडा नम्वर ३ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ । नगरपालिकाको वडा नम्वर ३ सीमानगरमा निर्माण भएको भवनको एक कार्यक्रमका बीच नगरप्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी देवी चौधरीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । 
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख घिमिरेले तिलोत्तमा नगरपालिका भित्र संचालनमा आएका  स्वास्थ्य संस्थाहरुले दिने सोवा गुणस्तरीय रहेको बताउँदै विश्वासका साथ सेवा लिन नगरबासीलाई आग्रह गर्नुभयो । उहाँले कतिपय स्वस्थ्य संस्थाहरुले जिल्ला अस्पताल सरहको सुविधा दिए पनि जानकारीको अभावले नगरबासी महंगो सेवा लिन बाध्य हुने गरेको स्मरण गर्नुभयो । स्वास्थ्य संस्थाको दीगो व्यवस्थापनका लागि नगरपालिकाले योजना निर्माण गरी काम गरिरहेको बताउँनुभयो । 
कार्यक्रममा बोल्दै नगरपालिका उपप्रमुख चौधरीले गरी खाने समुलायका लागि आभारभूत स्वास्थ्य संस्थाको सेवा महत्वपूर्ण हुने बताउनुभयो । समयको माग अनुरुप सेवा गुणस्तरीय बन्दै गएको बताउँदै उहाँले सेवा लिन आग्रह गर्नुभयो । 
वडा नम्वर ३ का वडा अध्यक्ष टंक तिवारीको अध्यक्षता, स्वास्थ्य संस्था प्रमुख थानेश्वर बस्यालको संचालनमा भएको कार्यक्रममा नेकपा एमालेका नगर सचिव मिनप्रसाद पोखरेल, नेपाली कांग्रेस वडा नम्वर ३ का वडा सभापति केशरी पाण्डे, स्वास्थ्य शाखा प्रमुख मोती प्रसाद पौडेल, वडा नम्वर ४ का वडा अध्यक्ष दिवाकर ढकाल, बुटवल वडा नम्वर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, लगाएतले बोल्दै स्वास्थ्य क्षेत्र अतिआवश्यकीय तथा संवेदनशील भएकाले सवैको पहुजमा हुने गरी विकास गर्नुपर्ने बताएका थिए । 
स्वास्थ्य संस्था २०७७ साल भदौ १७ गते सिलन्यास भएको भवन २०७८ साल बैशाख ३० गते निर्माण सम्पन्न भएको थियो । भवन रु ५३ लाख २४ हजार १५७ रुपौया लागतमा निर्माण भएको संस्था प्रमुख बस्याले बताउनुभयो । 

 

तपाईको प्रतिक्रिया