00:00:00
स्थानिय

सैनामैनामा सामुदायिक विद्यालयका शिक्षकहरुलाई ल्यापटप वितरण

सोमबार फाल्गुण २, २०७८/ Monday 02-14-22

सैनामैना । सैनामैनामा नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकहरुलाई ल्यापटप वितरण गरेको छ । लागत साझेदारीमा सैनामैनाका १७ विद्यालयका १६० जना शिक्षकहरुलाई एक एक थान ल्याप्टप वितरण गरिएकोे सैनामैना शिक्षा शाखाका प्रमुख हेमराज अर्यालले जानकारी दिनुभयो । शैक्षिक पठनपाठन अव प्रविधिमैत्री हुनुपर्नेमा जोड दिदैँ सामुदायिक विद्यालयका शिक्षकहरुको २५ प्रतिशत तथा सैनामैना नगरपालिकाको ७५ प्रतिशत साझेदारी लागतमा ल्यापटप खरिद गरिएको अर्यालले जानकारी दिनुभयो  ।

सैनामैनाका पर्रोहा मावि, रामापुर मावि, पशुपति मावी, सैनामैना मावि, दुर्गा भवानी मावि, पश्चिम पर्रोहा मावि, सरस्वती मावी, मलमला मावि, कोटीयादेवि मावि, जनकल्याण माविलाई वितरण गरिएको छ । त्यस्तै,जनज्योति आधारभुत विधालय,महेरवा आधारभुत विद्यालय,जनचेतना मावि,राष्ट्रिय मावि,कालिका मावि गरि १७ वटा विद्यालयलाई वितरण गरिएको हो । करिब एक करोड २० लाख ९५ हजार ५ सय २० रुपियाँमा १६० थान ल्यापटप खरिद गरिएको थियो ।

कार्यक्रममाप्रमुख अतिथि सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीले नगरपालिका शिक्षा क्षेत्रको विकासमा लागि परेको बताउनुभयो । उहाँले नगरपालिकाले चालु आर्थिक वर्षमा पनि कुल बजेटको एक तृतियांश बजेट शिक्षामा लगानी गरेको बताउदै अवको शिक्षा प्रविधिमैत्री हुनुपर्नेमाा जोेड दिनुभयो । सैनामैना नगरपालिका उपमेयर विना मगर,नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद तिवारी लगायतको आतिथ्य रहेको   कार्यक्रममा विद्यालयका शिक्षकहरुको सहभागिता  रहेको थियो ।
 

तपाईको प्रतिक्रिया