00:00:00
स्थानिय

तिलोत्तमा वडा नम्वर ७ भलवारी पश्चिममा एमाले टोल कमिट गठन

मंगलबार फाल्गुण ३, २०७८/ Tuesday 02-15-22

नेकपा एमाले तिलोत्तमा नगरपालिका वडा नम्वर ७ भलवारी पश्चिमको भेलाबाट टोल कमिटि गठन भएको छ ।

आज भएको वडा भेलाले पुरुषोत्तम भूर्तेल अध्यक्ष रहेको १९ सदस्यीय टोल कमिटि गठन भएको हो । जसको उपाध्यक्षमा ज्ञानेन्द्रकुमार श्रेष्ठ, सचिवमा गीता ढकाल, उपसचिव ज्ञानु पंगेनी र सरस्वती ज्ञवाली चयन हुनुभएको छ ।

कमिटिको सदस्यहरुमा मन्जु नेपाल, कमला अधिकारी, गिताकेशरी राना, नारायण ढकाललगाएत रहनुभएको छ ।  

वडा अध्यक्ष हेमराज  पौडेलको अध्यक्षतामा भएको भेलामा बोल्दै एमाले जिल्ला कमिटि सदस्यहरु जमुना लम्साल, सुरेन्द्र श्री, माधव काफ्ले, केशव गौतमले एमालेले अव संगठन विस्तार, घरदैलो अभियान लगाएत निर्वाचन केन्द्रित कार्यको सुरुवात गरेको बताउनुभएको थियो । 

तपाईको प्रतिक्रिया