00:00:00
स्थानिय

मदनलाल पौडेलद्धारा लिखित 'मृत्युले मुसारेको मानिस' पुस्तकको समीक्षा

शनिबार फाल्गुण ७, २०७८/ Saturday 02-19-22

तिलोत्तमा । लेखक तथा पत्रकार मदनलाल पौडेलद्धारा लिखित मृत्युले मुसारेको मानिस पुस्तकको तिलोत्तमामा समीक्षा गरिएको छ ।

आज एक कार्यक्रमको आयोजना गरी उक्त पुस्तकको समीक्षा गरिएको हो । विवेक सिर्जनशील प्रकाशन प्रालि काठमाण्डौले प्रकाशन गरेको पुस्तकका लेखक, साहित्यकार पत्रकार, कलाकार, सामाजिक व्यक्तित्वहरुले समीक्षा गर्नुभएको थियो । २ सय ९६ पृष्ठको उक्त पुस्तकमा लेखक मदनलाल पौडेलले विगतको राजनीतिक ईतिहांस, राजनीति जीवन र पत्रकारिताको जीवनमा आफुले भोगेका विषय बस्तुलाई मृत्युले मुसारेको मानिस नामक पुस्तकमा समेट्नुभएको छ । 

साहित्यकार जंगबहादुर शाहा, पुस्तक प्रकाशक विजयराज आचार्य, कवि गिरी शिरिष मगर, देवी पाण्डे, डा। राजेन्द्र खनाल, गुरुदत्त ज्ञवाली, वनमाली निराकार, रामचन्द्र श्रेष्ठ, इन्द्रिरा अर्याल, वालकृष्ण भट्टराई लगायतले पुस्तकबारे समीक्षा गर्दै आआफ्ना धाराण राख्नुभएको थियो ।

लेखक तथा साहित्यकार लक्ष्मण ज्ञवालीको सञ्चालनमा भएको उक्त कार्यक्रममा पुस्तकका लेखक मदनलाल पौडेलले पुस्तकमा लेखिएका विषयवस्तु र आफुले जीवनमा भोगेका विषयबारे उल्लेख गर्नुभएको थियो ।
 
 

तपाईको प्रतिक्रिया