बर्दिया
बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । पाटे बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका ४ सैनवार गाउँका ४१ वर्षीया लिली थारुको हिजो बेलुका मृत्यु भएको मध्यवर्ती क्षेत्र अन्तर्गत बबई उपभोक्ता समितिका अध्यक्ष चक्रप्रसाद खनालले बताउनुभयो ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निकुञ्जसँग सीमा जोडिएर घर भएका थारुको घर नजिक बाघले आक्रमण गरे लगत्तै चिच्याएपछि स्थानीयले होहल्ला गर्दा बाघले छाडेर गएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।
मृतकको आधा खुट्टा, हात खाएको र क्षत विक्षत अवस्थामा फेला परेको मृतक थारुको शव राति नै पोस्टमार्टमका लागि गुलरिया लगिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया