00:00:00
राष्ट्रिय

हराएका वा नष्ट भएका मतदाता परिचयपत्रका लागि निःशुल्क सिफारिस दिन सकिने 

बुधबार फाल्गुण ११, २०७८/ Wednesday 02-23-22

काठमाण्डौ
निर्वाचन आयोगले नष्ट भएका वा हराएका मतदाता परिचयपत्रका लागि आवश्यक सिफारिस निःशुल्क दिन आग्रह गरेको छ ।  मतदाता परिचयपत्र सिफारिसका लागि कतिपय स्थानीय तहले दस्तुर लिएको गुनासो आएपछि निःशुल्क सिफारिस गर्न सबै स्थानीय तहलाई निर्वाचन आयोगले परिपत्र गर्ने समेत निर्णय गरेको छ ।

यसअघि नै मतदाता परिचयपत्र प्राप्त गरेका मतदाताको परिचयपत्र विभिन्न कारणले नष्ट भएको वा हराएको भए पुनः बनाउन वडामा सम्पर्क गर्नुपर्ने हुन्छ । पुनः बनाउनुपर्ने अवस्थामा आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न र वडाको सिफारिसका आधारमा निर्वाचन कार्यालयमा निवेदन दिएमा मतदाता परियपत्र बनाउने व्यवस्था छ ।  नष्ट भएको वा हराएको अवस्थामा आफ्नो वडा कार्यालयको सिफारिससहित मतदाता नामावली रहेको सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था रहेको छ ।


आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालकाअनुसार वडा कार्यालयको सिफारिससहित सम्बन्धित मतदाता स्वयं उपस्थित भई निवेदन दिएमा वा वडा कार्यालयको सिफारिससहित इमेल अथवा फ्याक्स वा अन्य विधिमार्फत पनि प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालयमा निवेदन पठाएमा निवेदन दर्ता गरी प्रक्रिया अगाडि बढाउन समेत आयोगले निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । 

तपाईको प्रतिक्रिया