00:00:00
स्थानिय

पार्लर व्यावसायमा महिलाहरुको आकर्षण

बुधबार फाल्गुण १८, २०७८/ Wednesday 03-02-22

विन्दु भट्टराइ 

तिलोत्तमा । तिलोत्तमा को मणिग्राम चोकदेखि करिव ३०० मिटर पूर्व उमेश टेलर भन्दा अलिकति भित्र डिभाईन युनिसेक्स सलोन छ । उक्त सलोनको संचालक मिना खरेल हुनुहुन्छ । करिव एक वर्ष अगाडि खोलिएको उक्त पार्लर शुरु भएलगत्तै कोभिडको दोस्रो लहर आयो र त्यसको असर पार्लरमा पनि पुग्यो र केही समय वन्द भयो । जनजीवन सामान्य भएपछि गएको भदौदेखि भने पार्लर निरन्तर चलेको छ ।  
सिटिइभिटिको सहकार्यमा ३ महीने तालिमको सहजीकरण गर्ने जिम्मा सोहि सलोनलाई दिएपछि अहीले खरेललाई भ्याईनभ्याई छ । पार्लरको काम मात्रै सिक्न २ वर्ष लागेको बताउने खरेल काम सिकेर कहील्यै नसकिने र सिकाउने क्रममा पनि धेरै कुरा सिकेको बताउनुहुन्छ । अहीले उक्त पार्लरमा दैनिक २५ जनाले काम सिकिरहेका छन् । प्रशिक्षण दैनिक ५,५ घण्टा गरि २ सिफ्टमा भैरहेको खरेलले बताउनुभयो । 
उक्त प्रशिक्षका लागि १०० जनाले फर्म भरेको भएपनि २० जनाको लागि मात्रै संचालन गरिएको हुनाले अति आवश्यक भएका ब्यक्तिहरुलाई छनोट गरिएको खरेलको भनाई छ । यो निशुल्क रुपमा संचालन गरिएको प्रशिक्षण हो ।   पछिल्लो समयमा स्वरोजगारका लागि   पार्लर ब्यवसायतर्फ महीलाहरुको आकर्षण बढेको छ । 

तपाईको प्रतिक्रिया